२० बैशाख २०८१, बिहीबार

 

बुढानिलकण्ठ हेरिटेजको पाँचौ साधारणसभा सम्पन्न, १५ प्रतिशत आइपिओ जारी गर्ने प्रस्ताव पारित

काठमाडौं । बुढानिलकण्ठ हेरिटेज लिमिटेडको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार काठमाडौ बुढानिलकण्ठ नगरपालिका-१ तौलुङस्थित लमन ट्रि प्रिमियम होटलमा साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभामा बुढानिलकण्ठ हेरिटेजका प्रबन्ध निर्देशक बाबुृ काजी कार्कीले कम्पनीको लागि पुँजीको १५ प्रतिशतले हुन आउने रकमको प्रारम्भिक सार्वजनिक निष्काशन आएपिओ जारी गर्ने, धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन जारी गर्ने क्रममा नियमकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन, थपघट, परिर्वतनको निर्देशन भएमा सोही बमोजिम थपघट, परिवर्तन वा संशोधन गर्नको लागि संचालक समितिलाई अख्तियारी दिने बारे प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रम बुढानिलकण्ठ हेरिटेज लिमिटेडका अध्यक्ष डा राजेन्द्र केसीको अध्यक्षता, प्रबन्धक संचालन कम्पनी सचिव नानि काजी खड्काको संचालनमा सम्पन्न भएको थियो ।

बुढानिलकण्ठ हेरिटेज लिमिटेडले बुढानिलकण्ठ नगरपालिका-१ तौलुङ, काठमाडौंमा लमन ट्रि प्रिमियम होटल माघ १ गते, सोमबार संचालनमा ल्याउन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्