२४ बैशाख २०८१, सोमबार

 

स्वास्थ्य प्रमुख केसीलाई दुर्व्यवहार गर्नेलाई कारवाही गर्न ६ स्वास्थ्यकर्मी संस्थाको माग

बागलुङ । माघ ७ गते विहान ९५५ बजेको समयमा कार्यालय आउँदै गरेको अवस्थामा वडिगाड गाउँ पालिकाका स्वास्थ्य शाखाका प्रमुख विपेन्द्र केसीलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यकर्ता बताउने समूहले कालो मोसो लगाएको घटनाको गम्भीर ध्यानाकर्षण भएको संयुक्त प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

नेपाल स्वास्थ्यकर्मी संघ नेपालका जिल्ला अध्यक्ष अध्यक्ष विष्णु प्रसाद शर्मा ,राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका जिल्ला अध्यक्ष उमेश सर्वुजा ,प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ जिल्ला अध्यक्ष लक्ष्मण ढकाल ,राष्ट्रिय एकीकृत स्वास्थ्यकर्मी संगठन नेपालका जिल्ला अध्यक्ष टुकनाथ शर्मा र नेपाल स्वास्थ प्राविधिक संघ जिल्ला अध्यक्ष सोमराज पाण्डेले संयुक्तरूपमा विज्ञप्ति मार्फत अहोरात्र खटिइ जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई विना कारण गरिएको दुर्व्यवहार प्रति घोर भर्त्सना गरेको छ ।

घटनाको सत्य तथ्य बुझि संलग्न जो सुकै भए पनि प्रचलित स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ का साथै प्रचलित कानुन बमोजिम हदैसम्मको कानुनी कारवाही माग गरेको छ ।

यसै गरि नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष देव प्रकाश घिमिरेले पनि प्रेस विज्ञप्ती निकालेर उक्त घटनाको निन्दा गर्नु भएको छ ।

उक्त घटनाको छानविन गरि दोषीलाई स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी सुरक्षा ऐन र नियमावली बमोजिम कारवाही गरि स्वास्थ्यकर्मीलाई भयरहित तवरले काम गर्ने वातावरण सृजना गर्न सरोकारवालाहरुलाई माग गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्