१७ बैशाख २०८१, सोमबार

 

आयोजकले जित्यो गुराँस कप फुटसलको उपाधि

बागलुङ । प्रथम गुराँस कप अन्तर विद्यालयस्तरीय फुटसल प्रतियोगिताको उपाधि आयोजक गुराँस विद्या सदनले जितेको छ ।

गुराँसले फाइनलमा सिद्धार्थ शिक्षा सदन ६–० गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।

गुराँसले कालिगण्डकी आवासिय माध्यमिक विद्यालय र सिद्धार्थले चिल्ड्रेन लाईफ इङ्गलिस बोडिङ स्कुललाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए ।

प्रतियोगिताको विजेता गुराँस र उपविजेता सिद्धार्थले क्रमशः नगद १५ हजार ५ सय ५५ र ७ हजार ७ सय ७७ रुपैयाँ सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेका छ ।

यस्तै सेमिफाइनमा पुगेको चिल्ड्रेन लाइफ इङ्गलिस बोडिङ स्कुल र कालीगण्डकी आवसिय माविले ट्रफी प्राप्त गरेको गुराँस विधा सदनका प्रिन्सिपल निशान खड्काले जानकारी दिनुभयो ।

प्रतियोगितामा सिद्धार्थ शिक्षा सदनका एलिक्स थापा सर्वोत्कृष्ट खेलाडी, गुराँसका समिप खड्का उत्कृष्ट गोलरक्षक र आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयका युकेन खत्री सर्वाधिक गोलकर्ता बनेका छन् ।

गुराँस विद्या सदनको छैठो वार्षिकोत्सवको सन्दर्भ पारेर गुराँस विद्या सदन र गुराँस बाल क्लवको आयोजनामा कक्षा ८ सम्मका विद्यार्थीहरुबीच आयोजना गरिएको प्रतियोगितामा १७ विद्यालयका २० टिमको सहभागिता रहेको थियो ।

समापन कार्यक्रममा बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्का, कार्यक्रममा एन प्याब्सनका जिल्ला अध्यक्ष नेत्रलाल न्यौपाने, प्याव्सनका जिल्ला अध्यक्ष दल थापा र एन प्याव्सनका नगर समिति अध्यक्ष चन्द्रबहादुर क्षेत्रले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम गुराँस बाल क्लवका अध्यक्ष नेल्सन बोहोराको अध्यक्षता र गुराँस विद्या सदनका प्रिन्सिपल निशान खड्काको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्