१६ बैशाख २०८१, आईतवार

 

विद्यामन्दिर माविको ८३ औँ वार्षिकोत्सव : छात्र भलिबल प्रतियोगितामा शिक्षा समूह प्रथम, व्यवस्थापन समूह द्धितीय

बागलुङ । विद्यामन्दिर माध्यमिक विद्यालयको ८३ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित छात्र भलिबल प्रतियोगितामा कक्षा ११ को शिक्षा समूह प्रथम र कक्षा १२ को व्यवस्थापन समूह द्धितीय भएका छन् ।

त्यसै गरि छात्रा भलिबल प्रतियोगितामा कक्षा १२ को व्यवस्थापन समूह प्रथम र विज्ञान समूह द्धितीय भएका छन् ।

यसै गरि वक्तृत्व कला प्रतियोगितामा कक्षा १२ विज्ञान समूहकी संन्ध्या शर्मा कँडेल प्रथम, कक्षा १० का संस्कार गौतम द्धितीय र कक्षा ११ विज्ञान समूहकी अन्जलि शर्मा तृतीय भएकी छिन् । विजयी विद्यार्थीहरुलाई फागुण २ गते हुने मूल समारोहमा पुरस्कार वितरण गरिने विद्यालयका प्रधानाध्यापक छवि रमण रेग्मीले जानकारी दिनु भयो ।

विद्यालयले वार्षिकोत्सवको उपलक्ष्यमा फागुण २ गते अन्तर विद्यालय स्तरीय प्रतियोगितात्मक विज्ञान प्रदर्शनी राखेको छ । प्रतियोगितामा प्रथम हुनेलाई १२ हजार, मेडल र प्रमाणपत्र, द्धितीय हुनेलाई १० हजार मेडल र प्रमाणपत्र र तृतीय हुनेलाई ८ हजार, मेडेल र प्रमाणपत्रको रहेको विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यले नयाँ विश्वलाई बताउनु भयो ।

 

यसै गरि फागुण १ अन्तर विद्यालय नृत्य प्रतियोगिता पनि हुने भएको छ ।नृत्य प्रतियोगितामा प्रथम हुनेलाई ७ हजार मेडल र प्रमाणपत्र, द्धितीय हुनेलाई ५ हजार, मेडल र प्रमाणपत्र र तृतीय हुनेलाई ४ हजार, मेडल र प्रमाणपत्र रहेको छ ।

वार्षिकोत्सको उपलक्ष्यमा चेस, हस्त लेखन, म्यूजिकल चियर, चित्रकला, स्पेलिङ कनटेष्ट, सुपर मेमोरी, हाजिरी जवाफ, वतृत्व कला प्रतियोगिता आयोजना गरिएको छ ।

वार्षिकोत्सवको लागि विभिन्न २२ वटा उपसमिति पनि गठन गरिएको छ ।

विसं १९९७ सालमा ओमप्रसाद गौचन, मेघ कुमार वैध र उनका समकालिन साथीहरुले स्थापना गरेको यस विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म १३ सय ८० जना विद्यार्थी अध्यापन गर्छन् ।

तस्बिर : दिनेश जिसी

 

प्रतिक्रिया दिनुहोस्