१८ बैशाख २०८१, मंगलवार

 

गलकोट बहुमुखी क्याम्पसको महायज्ञ सफल पार्न पालिकाहरुमा भेटघाट सुरु

बागलुङ । गलकोट बहुमुखी क्याम्पसमा सञ्चालन हुने श्रीमद्भागवत शैक्षिक ज्ञान महायज्ञ सफल बनाउन तयारी तिव्र पारिएको छ ।

गलकोट बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर वृद्धिसँगै भौतिक स्तरोन्नतीको लागि आगामी फागुन ६ गतेदेखि १३ गतेसम्म कमलनयन गौतमको प्रमुख वाचकत्वमा श्रीमद्भागवत शैक्षिक ज्ञान महायज्ञ २०८० को आयोजना गरिएको छ ।

महायज्ञ सफल पार्नको लागि मूल समारोह तथा प्रचारप्रसार समितिका पदाधिकारीहरु अहिले देशका विभिन्न भागहरुमा महायज्ञको प्रचारप्रसारसँगै निमन्त्रणा दिन क्रम जारि छ ।

उक्त ज्ञान महायज्ञ सफल पार्नको लागि महायज्ञ मूल समारोह समितिका संयोजक घनश्याम शर्माको नेतृत्वमा आज गलकोट नगरपालिका वडा नम्वर ४ को वडा कार्यालय, चमुवा आधारभुत विद्यालयमा जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, व्यवस्थापन समिति लगायतसँग वृहत् छलफल तथा अन्तरक्रिया गरिएको गलकोट बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख चुडामणी शर्माले जानकारी दिनुभयो ।

त्यस्तै गलकोट नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष बल बहादुर खत्रीको अध्यक्षतामा २३ सदस्यीय आर्थिक संकलन समिति समेत गठन गरिएको थियो ।

त्यस्तै आज गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको संयोजकत्वमा बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिकामा, निसीभुजी क्याम्पसमा महायज्ञको निमन्त्रणा वितरणसँगै भेटघाट तथा अन्तरक्रिया गरिएको गलकोट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मुकुन्दसिंह भण्डारीले जानकारी दिनुभयो ।

त्यस्तै शैक्षिक ज्ञान महायज्ञको लागि गलकोट माद्यमिक विद्यालयको प्राङ्गणमा मण्डप निर्माण काम सुरु भएको छ ।

सामुदायिक रेडियो गलकोटबाट

प्रतिक्रिया दिनुहोस्