२४ बैशाख २०८१, सोमबार

 

महिला हित सहकारीद्वारा निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर सञ्चालन

बागलुङ । महिला हित बचत तथा ऋण सहकारी संस्थाले निःशुल्क महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर शुक्रबार आयोजना गरेको छ ।

धौलागिरी अस्पताल बागलुङको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविर नेपाल रेडक्रस सोसाइटी बागलुङ नगरपालिका ३ उपशाखा, सामुदायिक सेवा केन्द्र बानपा ३ र लायन्स क्लव अफ बागलुङ आवाजको सहकार्यमा आयोजना गरिएको थियो ।

स्वास्थ्य शिविरबाट ७६ जना महिलाले सेवा लिएको सहकारीकी अध्यक्ष लिला देवी खड्काले बताइन् । कार्यक्रममा धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डन डा. रवि रन्जन प्रधान, डा. विजय वझा, जिएमए चिफ दुर्गा कुँवर र महिला हित बचत तथा ऋण सहकारीकी अध्यक्ष लिला देवी खड्काले मन्तव्य व्यक्त गरेका थिए ।

स्वास्थ्य शिविरमा डा. विजय वझा, डा. अर्जुन बराल, डा. विकास पाण्डे, वरिष्ठ नर्सिङ अधिकृत शान्ती भण्डारी, वरिष्ठ अस्पताल निरीक्षक देवी भट्टराई, स्टाफ नर्स सुस्मिता श्रेष्ठ, स्टाफ नर्स सरिता गुरुङ, अनमि रेनुका भट्टराई, अनमि राधिका केसी, अनमि धनकुमारी कुँवर, अनमि तेजु मार्किङले बिरामीको परीक्षण गरेका थिए।

कार्यक्रम महिला हित बचत तथा ऋण सहकारीकी अध्यक्ष लिला देवी खड्काको अध्यक्षता र नेपाल रेडक्रस सोसाइटी बागलुङ नगरपालिका ३ उपशाखाका सभापति भिमसेन पन्तको संचालनमा सम्पन्न भएको थियो ।

महिला हित सहकारीले लामो समयदेखि वित्तीय कारोबारका साथै महिलाको हितमा सामाजिक सेवा पनि गर्दै आएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्