१६ बैशाख २०८१, आईतवार

 

चिल्ड्रेन लाइफ र फ्युचर ब्राइटर माविको विजयी सुरुवात

बागलुङ । बागलुङमा सुरु भएको ‘चिल्ड्रेन लाइफ कप’ तेस्रो संस्करण फुटबलको सुरुवाती खेलमा आयोजक चिल्ड्रेन लाइफ बोर्डिङले जितेको छ ।

चिल्ड्रेन लाइफ स्पोर्टस क्लबले माध्यामिक बिद्यालयस्तरीय फुटबल खेल आयोजना गरेको हो । खेलमा १० टिम सहभागी छन् । बिहीबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापाले खेलको उद्घाटन गरे ।

यहाँको बाङ्गेचउर खेल मैदानमा भएको उद्घाटन खेलमा चिल्ड्रेन लाइफ बोर्डिङ सेतोले गुराँस विद्या सदन माविलाई पराजित गरेको हो ।

चिल्ड्रेन लाइफका विराज किसानले खेलको सुरुवाती २० मिनेटमा गरेको गोल नै जित बन्यो ।

उत्कृष्ठ खेल प्रर्दशन गरेपनि गुराँसले गोल फर्काउन सकेन । दोश्रो खेलमा फ्युचर ब्राइटर बोडिङ स्कुलले डिग्नीटी कलेजलाई ४–० गोल अन्तरले पराजित गर्‍यो ।

फ्युचरका अंगद शर्माले खेलको १४ औं मिनेटमा पहिलो गोल गरेर खेललाई अग्रता दिलाए ।

लगत्तै १६ औँ मिनेटमा अमृत शर्माले गोल गरे । २० मिनेटमा पुन किरण थापाले गोल गरे । तीन गोलले स्तब्ध भएको डिग्नीटीको कमजोर प्रस्तुतिको फाइदा उठाएर फ्युचरले पुन दोश्रो हाफको १४ औं मिनेटमा पनि अमतृ शर्माले एक गोल थपे ।

त्यसपछि भने डिग्नीटी निराश भयो । शुक्रबार अमर आदर्श मावि र विद्यामन्दिर मावि तथा गणेश मावि र चिल्ड्रेन लाइफ निलोबीच खेल हुने क्लबका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिए ।

खेलमा विजयी हुने टिमले प्रथम हुनेले ४४ हजार ४ सय ४४ रुपैयाँ नगद पुरस्कार, मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् । द्वितिय हुनेले २२ हजार २ सय २२ रुपैयाँ नगद, मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

तस्बिर:अर्जुन कार्की, जिवन रोका

प्रतिक्रिया दिनुहोस्