१५ बैशाख २०८१, शनिबार

 

धौलागिरि अस्पतालद्वारा स्टाफ नर्स सपना थापा र रमना थापाको विदाई

बागलुङ । धौलागिरि अस्पतालमा कार्यरत स्टाफ नर्स सपना थापा र रमना थापालाई एक समारोहका बीच विदाइ गरिएको छ ।

करारमा कार्यरत सपना थापा र रमना थापाले प्रदेश लोक सेवा आयोगको स्थायी पदमा नाम निकाल्न सफल भएका थिए । उनीह्रुलाई धौलागिरि अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. रेखा पौडेलले कदरपत्रले सम्मान गर्नु भएको थियो ।

उनीहरुको पेशागत जिवनको सफलताको कामना गर्दै विदाई गरिएको धौलागिरि अस्पतालका प्रशासन प्रमुख सुरज मलेपतीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्