१८ बैशाख २०८१, मंगलवार

 

बागलुङ नगर स्वास्थ्य शाखाले मनायो ७६ औँ विश्व स्वास्थ्य दिवस

बागलुङ । बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा ७६ औँ विश्व स्वास्थ्य दिवस मनाइएको छ । आइतबार ‘मेरो स्वास्थ्य , मेरो अधिकार‘ नाराका साथ स्वास्थ्य दिवस मनाइएको छ।

कार्यक्रममा बागलुङ नगरपालिका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त शर्माले बागलुङ नगरले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्न सके धेरै रोगलाई निर्मुल गर्न सकिने बताउनु भयो । मानिस सुखी र खुसी हुने भने कै स्वास्थ्यले निर्धारण गर्ने भएकोले सबैले मानसिक र शारीरिक स्वास्थ्यलाई ख्याल गर्नु पर्ने कँडेलको भनाई थियो ।

कार्यक्रममा नगर स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालले मानिसको स्वास्थ्यनै सबै भन्दा ठूलो सम्पत्ति भएकोले सबैले आफनो खान पानमा विशेष ध्यान दिनु पर्ने बताउनु भयो । सबैले सकृय जीवन, असल खान पान , व्यायाम , योग , नियमित शारीरिक जाँच गर्नु पर्ने बताउनुृ भयो ।

कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरीक्षक लक्ष्मण ढकालले गर्नुभएको थियो । स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्यकर्मीले बागलुङ बजारमा पारीवारिक स्वास्थ्य प्रोफाइल लिने कार्य गरिएको थियो ।

बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाले सबै वडाहरुमा स्वास्थ्य कार्यक्रमलाई नियमित रुपमा सञ्चालन गरेको र स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवालाई प्रभावकारी बनाएकोले सेवाग्राहीहरुले घर दैलोमै गुणस्तर स्वास्थ्य सेवा पाउन थालेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्