१७ बैशाख २०८१, सोमबार

 

श्रीरंगवैंकटेश मुक्तिनारायण भगवानको ३७ औँ ब्रह्मोत्सवको अवसरमा वाल्मीकि रामायण प्रवचन

बागलुङ । धार्मिक तथा सांस्कृतिक पर्यटकीय केन्द्रको रूपमा स्थापित हुदै गइरहेको बागलुङ नगरपालिका ४ कुँडुले फेदीमा रहेको श्रीरंगवैंकटेश मुक्तिनारायण भगवानको ३७ औँ ब्रम्होत्सव श्री शालग्राम महोत्सव आयोजना गरिएको छ ।

महोत्सवमा दैनिक वाल्मीकि रामायण प्रवचन भइरहेको छ । महोत्सव बैशाख ५ गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सवको उपलक्ष्यमा कालिका भगवती मन्दिरदेखि कुँडेले फेदीसम्म दौड प्रतियोगिता ,शालग्राम संग्राहलय परीसरमा निर्माण भएको नयाँ मण्डपको उद्घाटन र रथ यात्रा सम्पन्न भएको अध्यक्ष स्वामी ऋषि प्रपान्नाचार्यले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

महोसत्वमा रामनवमीका दिन रथ यात्रा, श्रीधराचार्य आचार्यको सालिक अनावरण , मन्दिरको मुल प्रवेद्वारको उद्घाटन, हरेक दिन वाल्मीकि रामायण प्रवचन र विभिन्न भजन टोली बीच प्रतियोगिता आयोजना गरिएको छ ।

विश्व कै एकमात्र नेपालको पवित्र कालिगण्डकी नदिमा मात्र पाइने शालग्राम विस्तारै लोप हुर्दै जान थालेपछि त्यसको संरक्षण गर्ने हेतुले केही वर्ष अघि सवा लाख शालग्राम संग्रह गरी संग्रहालय निर्माण भएपछि यसको महत्त्व र महिमा झनै बढेको छ ।

मन्दिरमा हरेक वर्ष वार्षिकोत्सव गरेर कार्यक्रम गर्न शुरूवात गरिएको छ। श्रीरंगवैंकटेश मुक्तिनारायण मन्दिर परीसरमा धार्मिक पूर्वाधारको धेरै कार्य भएकोले यस क्षेत्रमा धार्मिक पर्यटकका आगमनमा व्यापक रुपमा वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्