४ श्रावण २०८३, सोमबार

 

कालीगण्डकी कोरिडोरमा संभावनाको खोजी गर्दै जैमिनी नगरपालिका

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरमा संभावनाको खोजी गर्न थालेको छ ।

छिमेकी देशहरु भारत र चीनलाई जोड्ने कोरिडोरकको मध्य भागमा पर्ने जैमिनीले कृषि, पशुपालन, घरेलु उद्योग, पर्यटन र व्यापारको संभावना खोज्न थालेको हो ।

जैमिनी ऋषिको नामबाट नगरपालिकाको नामाकरण गरिएको हुँदा पछिल्लो समय धार्मिक पर्यटक यहाँ आउने गरेका छन् ।

विकाससँगै पर्यटनसँग जैमिनीलाई जोड्नका लागि मंगलबार ‘कालीगण्डकी कोरिडोर र जैमिनीको संभावना’ संवादसमेत संचालन गरेको थियो ।

जैमिनीमा आयोजित संवाद कार्यक्रममा बोल्दै जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले कोरिडोरले जैमिनीमा थुप्रै संभावनाका ढोकाहरु खोलेको बताउनुभयो ।

चीन र भारत जोड्ने कोरिडोरको मध्य भागमा यस नगरपालिका पर्ने हुँदा भारतबाट मुक्तिनाथ जाने र चीनबाट लुम्बिनी जाने पर्यटकलाई एक दिन भए पनि जैमिनी रोक्न सके यहाँ लाखौँको कारोबार हुने उहाँको भनाइ छ । हाल कोरिडोरमा धमाधम काम भएको भन्दै यहाँ निरन्तर यातायताका सधान चल्न थाले भने नगरपालिकावासी प्रत्येक्ष लाभाम्वित हुने प्रमुख पुन बताउनुहुन्छ ।

धार्मिक महत्व बोकेको क्षेत्र जैमिनीलई अध्ययन अनुसन्धानको केन्द्रका रुपमा विकास गर्ने नगर उपप्रमुख हरिहर शर्माले बताउनुभयो ।

अहिलेसम्म जैमिनीको पहिचानलाई स्थापित हुन नसेको भन्दै अब नगरपालिकाले गम्भीर भएर लाग्ने उहाँको भनाइ छ ।

अध्ययन अनुसन्धानसँगै धार्मिक केन्द्रका रुपमा विकास गर्न तर्फ आफूहरु लाग्ने भन्दै लुम्बिनी, त्रिवेणी धामदेखि मुक्तिनाथ, दामोदरकुण्डसम्म पुग्ने पर्यटकलाई जैमिनीसँग जोड्ने उहाँले बताउनुहुन्छ ।

कालीगण्डकीको महिनामा जोडिएको र जैमिनीको ऋषिको तपोभूमि रहेको यस नगरपालिकाले अब पर्यटक मैत्री संरचना निर्माणसमेत गर्ने उपप्रमुख शर्माको भनाइ छ ।

कालीगण्डकी कोरिडोर जोड्ने गरि नगरपालिकाले छ वटा रणनीतिक सडक निर्माण गरेको यसले कोरिडोर हुँदै कुश्मिसेरा बजारबाट यहाँका धार्मिक तथा पर्यटकीय गन्तव्यमा पुग्न टेवा पु¥याउने उहाँले बताउनुभयो ।

जैमिनी धाममा अहिले पनि भारत लगायतका देशबाट साधना गर्ने धेरै मानिसहरु आउने गरेको भन्दै उनीहरु बस्नका लागि राम्रो सुवधायुक्त होटल तथा अन्य संरचनाहरु नभएको भन्दै निजी क्षेत्रसँगको सहकार्यमा यसको व्यवस्थान गर्ने उहाँको भनाइ छ ।

भारतको सुनौली नाकादेखि चीनको सिमाना मुस्ताङको कोराला नाकासम्मका जोड्ने उत्तर–दक्षिण कालीगण्डकी कोरिडोर ४३५ किलोमिटर छ । जस मध्ये बागलुङमा ३४ किलोमिटर पर्छ । जैमिनी नगरपालिकामा मात्रै साढे १९ किलोमिटर पर्छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung