काठमाडौं । अन्तराष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन भएको छ ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सो सम्झौता ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अनुमोदनका लागि प्रस्ताव गरेका थिए ।
बहुमतले अनुमोदन गरेको उक्त प्रस्तावको विपक्षमा नेमकिपाका सांसद प्रेम सुवाल रहेका थिए ।
संसदमा सो सम्झौता अनुमोदनका लागि प्रस्तुत गर्दै मन्त्री बस्नेतले नेपालको ऊर्जाको मुख्य स्रोत जलविद्युत भएपनि त्यसले मात्र माग धान्न नसक्ने भएकोले, ऊर्जा सुरक्षा सुनिश्चित गर्न, ऊर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तनको असर कम गर्न भारत र फ्रान्सको संयुक्त प्रयासका रुपमा आईएसए स्थापना भएकोले सौर्य ऊर्जालाई अघि बढाउन सौर्य प्रविधिले सहयोग पुग्नेमन्त्री बस्नेतले बताए ।
सन् २०१५ मा सौर्य ऊर्जाको उपयोगको मुख्य उद्धेश्यका साथ फ्रान्स र भारतले संयुक्त रूपमा बनाएको यो गठबन्धन बनाएका थिए ।













































































































































































































