काठमाडौं । तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बन्न लागेका नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निमन्त्रणा आएको छ।
बालुवाटार स्रोतका अनुसार यही शनिबार हुने शपथ ग्रहण कार्यक्रममा सहभागिताका लागि प्रधानमन्त्री दाहाललाई निमन्त्रणा आएको हो।
प्रधानमन्त्री प्रचण्ड पनि भारतीय जनता पार्टी (भाजपा) का मोदीको प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली जाने तयारीमा रहेका छन् ।
सन् २०१४ देखि मोदी लगातार दुई कार्यकाल भारतको प्रधानमन्त्री बनेका थिए। केही दिनअघि सम्पन्न लोकसभा निर्वाचनको मतपरिणामअनुसार मोदी पुनः तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त हुने निश्चित भएको हो।













































































































































































































