बागलुङ। बागलुङ बजारको महिलाहरुका लागि धूप बनाउने तालिम सम्पन्न भएको छ । स्थानीय क्षत्री समिति बागलुङ नगरपालिका-१ रामरेखाको आयोजनामा धूप बनाउनेसम्बन्धी दुई दिने तालिम सम्पन्न भएको हो ।
बानपा-१ वडाका ४६ जना गृहिणी महिलालाई धूप बनाउने तालिम प्रशिक्षक जुनु श्रेष्ठले जानकारी दिनुभएको छ ।
कार्यक्रम क्षत्री समिति बागलुङ अध्यक्ष रुद्र महत, प्रशिक्षक जुनु श्रेष्ठ, वडा सदस्य टिका बोहरा र वडा सचिव हिमाल पौडेलले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम स्थानीय क्षत्री समिति बानपा-१ रामरेखाका अध्यक्ष विष्णु कुमारी खत्रीको अध्यक्षता र सचिव खिरा मल्ल भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
घरमा आफ्नो आवश्यकता पूर्ति गर्न, फजुल खर्च बचाउन र उत्पादन गरेर बिक्री गरी महिलाहरुको आय आर्जन बढाउन तालिम दिएको थियो । तालिमले आफूहरुलाई व्यावसायिक बन्न उत्प्रेरणा दिएको सहभागीहरुले बताएका छन् ।















































































































































































































