बागलुङ । नेपाल उद्योग व्यापार महासंघ अध्यक्ष खिम लाल भण्डारीले स्थानीय उत्पादन बढ्दै गए पनि यसको पूर्ण बजारीकरण अझै हुन नसक्दा त्यसको लाभ उद्योगी व्यवसायीले पाउन नसकेको बताउनु भयो ।
नेपाल उद्योग व्यापार महासंघ पर्वतको प्रथम जिल्ला अधिवेशनको शनिबार पर्वतको कुश्मा बजारमा उद्घाटन गर्दै उहाँले स्थानीय घरेलु तथा कृषि उत्पादनलार्ई अरु ठाउँमा पनि परिचित गराउन, त्यसको दिगो व्यवसायीकरण र बजारीकरण र निर्यातकाको लागि नेपाल उद्योग व्यापार महासंघले साना र मझौला उद्यमीसँग मिलेर काम गर्ने बताउनु भयो ।
देशको अर्थतन्त्रलाई महत्वपूर्ण योगदान दिएका साना तथा मझौला उद्योगी र व्यवसायी भएको र यो वर्गको विकास विना राष्ट्रिय पुँजीको निर्माण पनि हुन नसक्ने र देशले समाजवादको लक्ष्य पनि हासिल गर्न नसक्ने उहाँको भनाई थियो ।
नेपाल उद्योग व्यापार महासंघका महासचिव खेम नारायण पराजुलीले साना उद्योगी व्यवसायीदेखि राष्ट्रिय पुँजीपतिहरुले अहिले सरकारबाट थोरै मात्र भए पनि प्रोत्साहन र राहत चाहेका छन्।
यसमा नीतिगत सुधारको लागि सम्पूर्ण नीजि क्षेत्रको तर्फबाट महासंघले सरकारका विभिन्न निकायहरु र सरोकारवालाहरुसँग सहजिकरण गरिरहेको बताउनु भयो ।
कठिन अवस्थामा रहको अहिलेको बजार अर्थतन्त्रलाई लयमा ल्याउन मोद्रिक नीति आम उद्योगी व्यवसायीको हितमा ल्याउनु पर्ने, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने उत्पादनमूलक उद्यम व्यवसायको प्रवद्र्धन गर्नुपर्ने, राज्यबाट धेरै लाभ लिएका उद्योगीलाई भन्दा कठिन हालतमा उद्योग व्यवसाय चलाई रहेकाहरुलाई प्रोत्साहित गर्न, बैंकले दिने कर्जा नीतिमा सुधार गर्र्न, व्याज दर सन्तुलित बनाउन, कर र राजस्व तिर्ने व्यवसायीहरुले तिनै तहको सरकारबाट खेप्नु परेको हैरानीबाट मुक्त हुन मिलेर संघर्ष गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल उद्योग व्यापार महासंघका उपाध्यक्ष गोमा ढकाल, गण्डकी प्रदेशका अध्यक्ष जनक राज पराजुली, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, पर्वत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कमल बहादुर जिसी, नेपाल उद्योग व्यवसायी महासंघ पर्वतका अध्यक्ष हरि ओम शर्मा, लामिछाने, नेकपा माओवादी केन्द्र पर्वत जिल्ला संयोजक उमाकान्त भुर्तेल, गण्डकी प्रदेश उपाध्यक्ष गुणाखर बस्याल, पर्वत जिल्ला ईन्चार्ज
नेत्रनाथ अधिकारी, फलेवास नगरपालिकाका उपमेयर शोभा कुमारी क्षेत्री, जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य, जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोमबहादुर जिसी,नेपाल पत्रकार महासंघ पर्वत शाखाका सचिव राजबाबु पिसीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम नेपाल उद्योग व्यापार महासंघ पर्वतका अध्यक्ष गणेश लामिछानेको अध्यक्षता, नेपाल उद्योग व्यापार महासंघका उपाध्यक्ष गोपी अधिकारीको धन्यवाद र महासचिव खड्क प्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।




















































































































































































































