३ श्रावण २०८३, आईतवार

 

नेपाल उद्योग व्यापार महासंघ पर्वतको अध्यक्षमा दिपक अधिकारी

बागलुङ । नेपाल उद्योग व्यापार महासंघ पर्वतको अध्यक्षमा दिपक अधिकारी सर्वसम्मत चयन हुनु भएको छ ।

शनिबार पर्वतको कुश्मा बजारमा भएको महासंघको प्रथम जिल्ला अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उद्योग उपाध्यक्षमा टेकबहादुर थापा, वाणिज्य उपाध्यक्ष रामबहादुर सुवेदी, महासचिवमा जमुना अधिकारी, सचिवमा डिकबहादुर राना, कोषाध्यक्षमा सोनाम थापा क्षेत्री र सहकोषाध्यक्षमा रिता दर्जि चयन भएका छन् ।

सदस्यहरुमा डम्मरबहादुर विक, निरबहादुर विक, गोपाल भुषाल, पोषकान्त पौडेल, कुमबहादुर पुन, भिम दर्जी, विष्णु जिसी,अविशरा विक, गणेशबहादुर सुवेदी, गमु शाही हमाल, सम्रात गुरुङ, वीरबहादुर गैरे, विष्णु विक, गोविन्द तिवारी, कमल सुवेदी, दुर्गा देवी शर्मा, कमल प्रसाद लामिछाने र जिवन भुर्तेल रहेका छन् ।

नवनिर्वाचित समितिलाई नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिम लाल भण्डारी, उपाध्यक्ष गोपी अधिकारी, गण्डकी प्रदेशका अध्यक्ष जनक राज पराजुली, गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष अर्जुन चोखाल, फलेवास नगरपालिकाका उपमेयर शोभा कुमारी क्षेत्री, नेपाल उद्योग व्यापार महासंघका म्याग्दी जिल्लाका अध्यक्ष मोति पौडेल र माओवादी केन्द्रका केन्द्रीय सदस्य सुदिप कुँवरलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung