१७ बैशाख २०८२, बुधबार

 

पहिरो प्रभावित बडिगाडको निगलपानीमा केन्द्रीय विद्युत विस्तार

बागलुङ । नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले बडिगाड गाउँपालिकाको दर्लिङका घरदैलोमा पुगेर सेवा प्रदान गरिएको छ ।

गत साउन २२ गते आएको बाढीले क्षति पुर्याएको बडिगाड गाउँपालिका १० दर्लिङको निगलपानीमा पुगेर विद्युत वितरण केन्द्रले डोर टु डोरको सेवा प्रदान गरेको हो ।

गत बुधबारदेखि अस्थायी कार्यालय संचालन गरेर १ सय ८२ वटा मिटर वितरण गरिएको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका कार्यालय प्रमुख इन्जिनियर पवन पौडेलले जानकारी दिनु भयो ।

लघु जलविद्युत आयोजनाबाट विद्युत सेवा प्रयोग गरेको भएपनि बाढीले आयोजना नै बगाएपछि अन्धकारमा रहेको निगलपानीमा केन्द्रीय विद्युत विस्तार गरी सेवा दिइएको हो ।

बागलुङबाट केन्द्रिय लाइनका लागि कुनै बाटो नभएकाले गुल्मीको मुसिकोट, मालिका गाउँपालिका हुँदै दर्लिङमा लाइन जोडिएको पौडेलको भनाई थियो ।

गाउँमै पुगेर मिटर वितरण गरिएको विद्युत वितरण केन्द्रले अति विपन्न ३ जनालाई निशुल्क मिटर प्रदान गरिएको पौडेलले जानकारी दिनु भयो ।

करिव ८ सय घरधुरीमध्ये ३ सय ५० घरधुरीमा सेवा पुगेको र बाँकीको हकमा पनि पोल मर्मत सम्भारको काम भएकाले दशै अगाडि नै सेवा पु¥याउने तयारी रहेको पौडेलले बताउनु भयो ।

बडिगाड गाउँपालिका वडा नं। १० का अध्यक्ष वीरेन्द्र बुढाले नेपाल विद्युत प्राधिकरणको सेवाले स्थानीयलाई सहज भएको भन्दै खुशी व्यक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung