४ श्रावण २०८३, सोमबार

 

कबड्डी प्रतियोगिताको उपाधि चिल्ड्रेन लाइफ र कालिका कन्या माविलाई

- प्रिसियस एकेडेमी उपविजेता

बागलुङ । खुल्ला विद्यालय स्तरीय कबड्डी प्रतियोगिताको उपाधि छात्रतर्फ चिल्ड्रेन लाइफ इङ्गलिस् बोडिङ स्कुल र छात्रातर्फ कालिका कन्या मन्दिर माध्यमिक विद्यालयले जितेका छन् ।

जिल्ला कबड्डी संघ बागलुङको आयोजनामा भएको प्रतियोगितामा मंगलबार फाइनल खेलमा छात्रतर्फ चिल्ड्रेन लाईफले कालिका कन्या माध्यमिक विद्यालयलाई र छात्रातर्फ कालिका कन्या माध्यमिक विद्यालयले प्रिसियस एकेडेमीलाई पराजित गरेका हुन् ।

छात्रतर्फको विजेता चिल्ड्रेन लाइफ इङ्गलिस् बोडिङ स्कुलले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता कालिका कन्या माविले नगद १० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै छात्रतर्फको विजेता कालिका कन्या माविले नगद १० हजारसहित ट्रफी, मेडल र उपविजेता प्रिसियस एकेडेमीले नगद ५ हजारसहित ट्रफी, मेडल प्राप्त गरेका छन् ।

सोमबारदेखि सुरु भएको प्रतियोगितामा छात्रतर्फ १४ विद्यालय र छात्रातर्फ १२ विद्यालयले सहभागिता जनाएका थिए ।

प्रतियोगिताका विजेता र उपविजेताहरुलाई गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी, पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य ताराप्रसाद शर्मा, जिल्ला कबड्डी संघ बागलुङका अध्यक्ष सन्दिप पन्तले पुरस्कार वितरण गर्नुभएको थियो ।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य सुवेदीले अध्ययनसँगै खेलकुद क्षेत्रमा पनि विद्यार्थीहरुको उत्साह जनक सहभागिता भएमा देशले उत्कृष्ठ खेलाडी पाउने बताउनु भयो ।

कार्यक्रम जिल्ला कबड्डी संघ बागलुङका अध्यक्ष सन्दिप पन्तको अध्यक्षता र सुरेन्द्र शाक्यको संचालनमा सम्पन्न भएको थियो ।

खबरवेबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung