३ श्रावण २०८३, आईतवार

 

बाढी-पहिरो पीडितको उद्दार तथा राहतमा खटिन व्यापार महासंघका अध्यक्ष भण्डारीको अपिल

बागलुङ । नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिमलाल भण्डारीले अविरल वर्षापछि देशका विभिन्न भूभागमा आएको बाढी पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नु भएको छ।

सोमबार उहाँले प्राकृतिक प्रकोपबाट पीडित नागरिकको लागि उद्दारमा खटिन तथा राहतमा संकलन र पुनस्स्थापनामा सक्रिय हुन प्रदेश, जिल्ला, नगर, पालिकामा आवद्ध संस्था एवं उद्योगी व्यवसायीहरुलाई आव्हान गर्नु भएको हो ।

उहाँले बाढी पहिरोका कारण ज्यान गुमाउनु हुने प्रति श्रद्धाञ्जली, आफन्तजनमा गहिरो समवेदना र घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।

बाढी पहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउन, घाइतेहरुको उपचार र वेपत्ताहरुको खोजी कार्य व्यापक रुपमा अगाडि पनि सरकारसँग अध्यक्ष भण्डारीले माग गर्नु भएको छ ।

बाढी पहिरोबाट हुनसक्ने सम्भावित क्षति र जोखिम न्यूनीकरण गर्न र पूर्व तयारीमा विशेष ध्यान दिन सरकारले स्पष्ट नीति ल्याउन पनि उहाँले माग गर्नु भएको छ ।

विपद्का बेला पीडितको पक्षमा हातेमालो गर्न विभिन्न राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज र सामाजिक संस्था पनि अगाडि आउनु पर्ने भण्डारीले नयाँ विश्वलाई बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung