बागलुङ । रिपब्लिकन पार्टीबाट राष्ट्रपतिका उम्मेदवार रहेका डोनाल्ड ट्रम्प निर्वाचित हुने पक्का भएको छ ।
डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पछि पार्दै ट्रम्प दोस्रोपटक राष्ट्रपति बन्ने पक्का भएको हो ।
सात स्वीङ स्टेटमध्ये फ्लोरिडा, नर्थ क्यारोलिना र पेन्सलभेनियामा ट्रम्पले जितेका छन् । साथै अन्य राज्यको मतगणनामा पनि ठूलो अन्तरले ट्रम्प अगाडि रहेका छन् ।
ट्रम्पलाई बहुमत पुग्न २७० इलेक्टोरल भोट आवश्यक भएकोमा मात्रै ५ इलेक्टोरल भोट आवश्यक छ ।
फ्लोरिडामा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै उनले अमेरिकी राष्ट्रपतिमा आफूलाई विजयी भएको घोषणा गर्दै आफ्नो कार्यकाल स्वर्णयुग सरह हुने दाबी गरेका छन् । यद्यपि यसको औपचारिक घोषणा भने भइसकेको छैन ।अमेरिकी राष्ट्रपतिको कार्यकाल चार वर्षको हुन्छ ।
ट्रम्प अमेरिकाको यस्तो दोस्रो राष्ट्रपति हुनेछन्, जसले एक कार्यकाल राष्ट्रपति पद सम्हालेर दोस्रो निर्वाचनमा पराजित भइ तेस्रो निर्वाचनमार्फत सोही पदमा पुनरागमन भएको।
यसअघि अमेरिकाका २२ औँ राष्ट्रपति ग्रोभर क्लेभेलान्डले यो इतिहास रचेका थिए ।













































































































































































































