३ श्रावण २०८३, आईतवार

 

पोखरा महोत्सवलाइ ग्रीन डेभलपमेन्ट बैंकको साथ

बागलुङ । आगामी पुसको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चोकमा आयोजना हुने तेह्रौं संस्करणको पोखरा महोत्सवमा बैंकिङ पार्टनरको रुपमा रहेर ग्रीन डेभलपमेन्ट बैंकले सहकार्य गर्ने भएको छ ।

तेह्रौं संस्करणको पोखरा महोत्सवलाई पोखराको न्युरोडमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंकले महोत्सवको बैंकिङ पार्टनरमा रहेर सहकार्य गर्ने भएको हो ।

महोत्सव आयोजक युनाईटेड क्लब पोखराका अध्यक्ष लोक बहादुर थापा र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung