१७ बैशाख २०८२, बुधबार

 

नेपाली उत्पादन कोरियामा विस्तार गर्ने समझदारी

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन ९कोइमा०बीच नेपाली उत्पादनको बजार प्रवर्द्धन एवं लगानी विस्तार गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ।

बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा अध्यक्ष वुवाङ्ग कुवान किमबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।

कोइमा दक्षिण कोरियामा औद्योगिक कच्चा पदार्थ र विशेष गरी त्यहाँ उत्पादन नहुने सामान आयात गरी औद्योगिक वातावरण प्रवद्र्धन र सर्वसाधारणलाई सुलभ रुपमा सामान उपलब्ध गराउन स्थापना भएको संस्था हो।

आयातलाई नै केन्द्रित गरी स्थापना भएको संस्थासँगको सहकार्यबाट नेपाली उत्पादन कोरियामा विस्तार गर्न सहज हुने महासंघको विश्वास छ। यसबाट नेपाल र दक्षिण कोरियाबीचको व्यापार घाटा कम हुने विश्वास छ। हाल दुई देशबीचको व्यापार घाटा करिब ७ अर्ब रुपैयाँ छ।

नेपालबाट हाल फेल्ट, गलैचा, धागोलगायतका परम्परागत सामान बढी मात्रामा गइरहेको सन्दर्भमा कोइमासँगको सहकार्यबाट औद्योगिक कच्चा पदार्थ एवं अन्य समानका लागि पनि बजार खोज्न सकिने महासंघको विश्वास छ।

नेपाल कोरिया दौत्य सम्बन्ध स्थापनाको ५० वर्ष र समझदारी पत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा महासंघ अध्यक्ष ढकालले नेपाल र कोरियाबीच आर्थिक सम्बन्ध सुदृढ गर्न सकिने अपार सम्भावना रहेको बताए।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा सोल स्थित नेपाली दुतावासद्वारा आयोजित ‘नेपालमा व्यापार र लगानीका अवसरहरू’ शीर्षकको उक्त कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालको ऊर्जाशील एवं युवा जनशक्ति, प्राकृतिक स्रोत, ठूला बजारसँगको समिप्यता कोरियाली लगानीकर्ताका लागि महत्वपूर्ण रहने बताएका थिए।

ढकालले नेपालको लगानी वातावरणमा भएका प्रगतिको जानकारी गराउँदै महासंघको सक्रिय संलग्नतामा हालै गरिएका सुधारहरूको चर्चा पनि गरे। उनले सरकारको लगानीसम्बन्धी आठ कानून संशोधन गरेर लगानीमैत्री वातावरण सिर्जना गर्न चालिएका कदमको जानकारी गराएका थिए। साथै, दुई पक्षीय लगानी सम्झौता ढाँचा अनुमोदन गर्नु विदेशी लगानीलाई सहज बनाउने महत्वपूर्ण कदम भएको बताएका थिए।

ढकालले नेपालको अनुकूल आर्थिक सूचकाङ्कहरू पनि प्रकाश पारे। विदेशी मुद्रा सञ्चिति करिब १७ अर्ब अमेरिकी डलर पुगेको र नेपालको पहिलोपटक क्रेडिट रेटिङ्ग भएको जानकारी पनि लगानीकर्तालाई दिए। नेपालको रेटिङ्ग दक्षिण एसियामा सन्तोषजनक रहेको पनि उनको धारणा थियो।

ढकालले पूर्वाधार विकासको महत्त्व पनि औँल्याउँदै सडक, रेलमार्ग, विमानस्थल, शहरी योजना, होटल रिसोर्ट, केबलकार र स्मार्ट सिटीमा कोरियाली विशेषज्ञता र लगानीका लागि आग्रह गरे।

ढकालले कोरियाली व्यवसायिक समूदायलाई नेपालमा व्यापार र लगानीका अवसरको खोजी गर्न निमन्त्रणा दिँदै महासंघको विदेशी लगानी सहायता डेस्कमार्फत पूर्ण सहयोगको आश्वासन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung