
बागलुङ । बागलुङमा श्रम शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
श्रम तथा रोजगार कार्यालय पोखराको आयोजना र बागलुङ उद्योग वाणिज्य संघको समन्वयमा श्रमिक शिक्षा सम्बन्धी अभिमुखकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य डिल्लि राम सुवेदीले देशको आर्थिक सुधारको लागि औद्योगिक क्षेत्रको नीतिगत सुधारको आवश्यकता रहेको बनाउनु भएको छ ।
अर्थतन्त्र सुधारको लागि नीतिमा व्यापक सुधारको प्रतिक्षा भैरहेको भन्दै नीतिगत सुधारले मात्रै नेपालको नीजि क्षेत्रकोले फड्को मार्ने धारणा राख्नु भयो ।
नेपाली रोजगारीको लागि विदेश पलायन भैरहेको र श्रमको क्षेत्रमा खोजेको श्रमिक नपाउने समस्या रहेको बनाउनु भयो ।
नेपालमा भारतीय कामदार ल्याउन पर्ने अवस्था विद्यमान रहेको, नेपाली रोजगारीको खोजीमा बाहिर जाने गरेको तर नेपालबाट भारतले ठूलो मात्रामा रेमिट्यान्स भित्राउने गरेको बनाउनु भयो ।
कार्यक्रममा श्रम तथा रोजगार कार्यालय पोखराका इन्जिनियर इश्वरमणि भण्डारीले श्रमिक शिक्षा र कानुनी व्यवस्था बारे जानकारी, कार्यालय प्रमुख वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले श्रम अडिट सम्बन्धी विद्यमान कानुनी प्रावधान, आवश्यकता महत्व सम्बन्धी जानकारी र बाल समन्वय अधिकृत बद्री प्रसाद वाग्लेले बाल अधिकार र बालश्रम सम्बन्धि कानुनी व्यवस्था बारे जानकारी दिनु भएको थियो ।
कार्यक्रमबारे जानकारी श्रम तथा रोजगार कार्यालयका नायव सुब्बा जिवाखर शर्मा दिनु भएको थियो ।
कार्यक्रम बागलुङ उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कँडेलको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष राजन कुमार शाक्यको धन्यवाद मन्तव्य र महासचिव ऋषिराम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।