३ श्रावण २०८३, आईतवार

 

भूकम्पबाट तिब्बतमा ज्यान गुमाउनेको संख्या ३२ पुग्यो

बागलुङ । चीनको डिंग्री काउन्टी केन्द्रबिन्दु बनाएर मंगलबार बिहान ६ ५० गएको ७ म्याग्नेच्युटको भूकम्पमा परी ३२ जनाको मृत्यु भएको छ ।

चीनको समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्पमा परी ३२ जनाको मृत्यु भएको र ३८ जना घाइते भएका छन्।

भूकम्पको केन्द्रविन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्व देशान्तरमा मापन गरिएको थियो । नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको बताएको छ ।

चीनमा गएको उक्त भूकम्प नेपालमा पनि महसुस भएको र विशेषगरी नेपालका पूर्व जिल्लाहरू उक्त भूकम्पको धक्का महसुस भएको हो।

नेपालमा अहिलेसम्म क्षति भएको विवरण आइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung