१९ जेष्ठ २०८३, मंगलवार

 

नेपाल एसबिआई बैंकको १०.६५ प्रतिशत लाभांश पारित

काठमाडौं। नेपाल एसबिआई बैंकको ३१औं वार्षिक साधारणसभाले सेयरधनीका लागि चुक्ता पँुजीको १०.६५ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गरेको छ।

बैंकले ३.८० प्रतिशत बोनस सेयर तथा ६.८५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गरेको हो।

साधारणसभाले बैंकको आव २०८०र८१ का लागि सञ्चालक समितिको प्रतिवेदन एवं लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक विवरण, नाफानोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहलगायत विवरण पारित गरेको छ।

साधारणसभाले बैंकको सहायक कम्पनी नेपाल एसबिआई मर्चेन्ट बैकिङको आव २०८० र ८१ को एकीकृत वित्तीय विवरणसमेत स्वीकृत गरेको छ।

साधारणसभाले बैंकका तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने,गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्नेलगायत बैंक तथा वित्तीय संस्था गाभ्नेरगाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्नेरगराउने सम्बन्धमा आवश्यक काम गर्न,गराउने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव पारित गरेको बैकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung