लामो प्रयासपछि इजरेल र हमासबीच बहुप्रतीक्षित युद्धविराम गर्ने तथा बन्धकहरू छाड्ने सहमति भएको छ। यससँगै १५ महिनादेखि जारी युद्ध अन्त्य हुने आशा बढेको छ।
सम्झौताका लागि कतार र अमेरिकाले मध्यस्थता गरेका थिए। कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले युद्धविराम आइतवारबाट कार्यान्वयनमा आउने र त्यसबेलासम्म इजरेली मन्त्रिपरिषद्बाट यो स्वीकृत हुने तालिका रहेको बताएका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडनले सम्झौताको पुष्टि गर्दै त्यसमा पूरा र सम्पूर्ण युद्धविराम, गाजाबाट इजरेली फौज फिर्ता र हमाससँग भएका सबै बन्धकहरूको रिहा समेटिएको जनाएका छन्।
बहुप्रतीक्षित युद्धविरामले गाजामा हत्याको शृङ्खला रोक्न सक्छ तर पुरानो द्वन्द्व अन्त्य गर्दैनु
गाजामा हवाई हमला, कम्तीमा ७१ जनाको मृत्यु
गाजामा युद्धविराम घोषणा भएपछि इजरेलले गरेका हवाई हमलाहरूमा परी कम्तीमा ७१ जनाको मृत्यु भएको हमासले सञ्चालन गरेको नागरिक प्रतिरक्षा निकायले जनाएको छ।
मृतकमध्ये १९ बालबालिका र २४ महिला भएको उक्त निकायको दाबी छ। इजरेलले यसबारे कुनै प्रतिक्रिया व्यक्त गरेको छैन।
यसअघि इजरेली प्रधानमन्त्रीले हमासले युद्धविराम सम्झौता पालना गर्न नखोजेको आरोप लगाएका थिए। तर हमासले आफू युद्धविराम सम्झौताका सबै सर्त लागु गर्न प्रतिबद्ध भएको जनाएको छ।
छ साता लामो हुने युद्धविरामको पहिलो चरणमा केही इजरेली बन्धकहरू छाडिने छ। त्यसको साटो इजरेलले प्यालेस्टिनी बन्दीहरू समेत छाड्ने र केही क्षेत्रबाट इजरेली फौज फिर्ता हुने छ।
यदि सो चरण सफल भएमा स्थायी युद्धविरामका लागि वार्ताहरू हुने छन्। यस सम्झौताले प्यालेस्टिनीहरूसम्म थप सहायता पुग्ने बाटो खोलिदिने छ।
इजरेल-गाजा युद्ध स् शान्तिको मूल्य के हो ?
भविष्यमा गाजामा कसले शासन गर्नेछ भन्ने र के इजरेल त्यस भूभागबाट पूर्ण रूपमा बाहिरिनेछ भन्ने सवाललाई पछि सम्बोधन गरिनेछ।
बीबीसी भेरिफाइको अध्ययन अनुसार हमाससँग अझै ९४ जना बन्धकहरू छन्। तीमध्ये ३४ जनाको मृत्यु भइसकेको हुनसक्ने ठानिएको छ।
राष्ट्रपति बाइडनले यस सम्झौता इजरेली बन्धकका परिवारमा लामो समयदेखि रहेको प्रतीक्षाको अन्त्य र प्यालेस्टिनीहरूलाई पुनर्स्थापनाको अवसर रहेको बताएका छन्।
उनले गाजाबासीहरू भयानक अवस्थाबाट गुज्रिएको र अब उनीहरू हमासबाट मुक्त भएर बाँच्न सक्ने आशा गरेको बताएका छन्।
कार्यकालको अन्त्यमा रहेका बाइडनले यस सम्झौता आफूले यसअघि मे महिनामा अघि सारेकै ढाँचामा रहेको बताए।
अमेरिकी राष्ट्रपति(निर्वाचित डोनल्ड ट्रम्पले ह्वाइटहाउसले भन्दा अगाडी यस सम्झौता घोषणा गरेका थिए।
उनले त्यो आफ्नो राष्ट्रपतीय जितपछि मात्र सम्भव भएको बताए।
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले यस प्रयासका लागि भन्दै बाइडन र ट्रम्प दुवैलाई धन्यवाद दिएका छन्।
हर्षोल्लास
सम्झौताको खबर फैलिएसँगै गाजाभर हर्षोल्लास छाएको छ।
डेर अलबलाह र खान यूनिसबाट प्राप्त तस्बिरमा मानिसहरू खुसीसाथ प्यालेस्टिनी झण्डा बोकेर नाराबाजी गरेको देखिन्छ।
अन्यत्र इजरेली हमला भएका विवरण समेत छन्। हमासद्वारा सञ्चालित नागरिक प्रतिरक्षा निकायका अनुसार बुधवार मात्र इजरेली हवाई हमलाका कारण २० जना मानिसहरू मारिएका छन्।
हमासले इजरेलमा घातक आक्रमण गर्ने शक्ति कसरी जुटायो
इजरेली बन्धकहरूका परिवारहरू हर्ष र राहत महसुस गरेका छन्। उनीहरूले सम्झौता पूर्ण रूपमा कार्यान्वयन नहुने पो हो कि भन्ने चिन्ता समेत देखिन्छ।
इजरेली राष्ट्रपति आइज्याक हर्गजले सम्झौताका केही पक्ष ूनिकै पीडादायीू भए तापनि यो सही कदम भएको बताएका छन्।
हमासका मुख्य वार्ताकार खलिल अलहयाले गाजामा थोपरिएको पीडाका लागि क्षमता नदिने बताएका छन्।
गाजा युद्धको क्षति
सन् २०२३ को अक्टोबर ७ मा हमासले दक्षिण इजरेलमा गरेको अप्रत्याशित हमलामा १,२०० जनाको मृत्यु हुनुका साथै २५१ जना बन्धक बनाइएका थिए।
त्यसपछि हमासविरुद्ध इजरेलले सुरु गरेको प्रत्याक्रमणमा गाजामा ४७,००० भन्दा बढी मानिस मारिएका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुको दल लिकुड पार्टीकै सदस्यलगायत कतिपय वामपन्थी नेताहरू सङ्घर्षविरामको विपक्षमा उभिएका बेला पछिल्लो सम्झौता भएको हो।
यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले सम्झौताले बन्धकहरूको रिहाइ, युद्धको अन्त्य, इजरेलको सुरक्षा र प्यालेस्टिनीहरूका लागि मानवीय सहायतामा अभिवृद्धि गराउने बताएका थिए।
बीबीसीनेपालीबाट













































































































































































































