३ श्रावण २०८३, आईतवार

 

उद्योग तथा व्यवसायी महासंघ बागलुङको दोस्रो साधारण सभा सम्पन्न

बागलुङ । नेपाल उद्योग तथा व्यवसायी महासंघ बागलुङको दोस्रो वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल उद्योग तथा व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश ईन्चार्ज संजिव कोइराला, गण्डकी प्रदेशका अध्यक्ष ववरजन गुरुङ, नेकपा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसी, नेपाल उद्योग तथा व्यवसायी महासंघका केन्द्रीय सदस्य सञ्जय कुमार श्रेष्ठ, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेल, नेपाल उद्योग तथा व्यवसायी महासंघ बागलुङका निर्वतमान अध्यक्ष भवन राज बरालले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम नेपाल उद्योग तथा व्यवसायी महासंघ बागलुङका अध्यक्ष दुर्गा कुँवरको अध्यक्षता, सल्लाहकार तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका सदस्य दयाराम पौडेलको स्वागत र महासचिव राजु गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung