१७ बैशाख २०८२, बुधबार

 

एक सय वर्ष पुरानो लेनिनको समाधिस्थलबारे थाहा पाउनुपर्ने पाँच कुरा

सन् २०२४ को अगस्ट १ तारिखमा मस्कोको रेड स्क्वेअरमा रहेको लेनिनको समाधिस्थलले एक सय औँ वर्षगाँठ मनाएको छ।

समाधिस्थल स्थापना गरिएयता यो क्षेत्रमा थुप्रै उत्सवहरू र सैन्य परेडहरू भएका छन्।

लेनिनको मृत्युपछि उनको मृत शरीर नबिग्रियोस् भनेर रसायनहरू प्रयोग गरेर जोगाइएको उनको शव त्यहाँबाट झिकेर फेरि त्यहीँ राखियो। केही समयका लागि त्यहाँ जोसेफ स्टालिनको शरीर पनि राखिएको थियो तर पछि हटाइयो।

सन् १९७० को दशकमा लेनिनको शरीर राखिएको ढुङ्गाको कवचमा कसैले तोडफोडको प्रयास गर्न नसकोस् भनेर गोली नछिर्ने सिसाभित्र राखिएको थियो। सन् १९९० को दशकमा लेनिनको शव जमिनमुनि समाधिस्थ गर्नका लागि उल्लेख्य मागहरू भएका थिए।

लेनिनको समाधिस्थलबारे तपाईँलाई थाहा नभएका हुन सक्ने पाँच कुरा यहाँ छन्।

१ यो उपाय कसको थियो ?

लेनिनको शव जोगाएर राख्ने उपाय सुरुमा सन् १९२३ को ग्रीष्म याममा जोसेफ स्टालिनले अघि सारेको विषयमा इतिहासकारहरू पनि सहमत छन्।

त्यो समयमा, ९केजीबी र एफएसबी सुरक्षा निकायको पूर्वस्वरूप सोभियत चिकाुका नेता खार्किभमा खटिएका बेला उनको ज्यान गएको थियो। त्यसपछि भ्लादिमिर भोरोब्योभ नाम गरेका युवा वैज्ञानिकले उनको शव नबिग्रियोस् भनेर रसायनहरूको लेप लगाएका थिए।

मस्कोमा उनको शव देखेका कम्युनिस्टहरू शव संरक्षण गर्ने तरिका देखेर प्रभावित भएका थिए।

त्यही वर्षको नोभेम्बरमा स्टालिनले लेनिनको नजिकिएको मृत्युबारे छलफल गर्न बैठक राखेका थिए। त्यति बेला लेनिन जीवितै थिए तर मरणासन्न अवस्थाका बिरामी।

स्टालिनको तर्क लेनिनको शरीर जोगाउनुपर्छ र त्यसका लागि रसायनहरूको लेप लगाएर राख्नुपर्छ भन्ने थियो। पछि सन् १९३० को दशकमा मारिएका उनका विपक्षीहरू भने स्टालिनको उपायको विरुद्धमा उत्रिए।

लियोन त्रोत्स्कीले मार्क्सवादमा अवशेषका लागि ठाउँ नभएको बताए भने निकोलाइ बुखारिनले क्रान्तिका नेताको शरीरलाई ममी बनाएर राख्दा उनको स्मृतिको अपमान हुने बताए।

लेनिनकी श्रीमती नदिज्दा क्रप्स्कायाले पनि लेनिनको शरीरलाई अति सम्मानको वस्तु नबनाउन भनिन्।

तथापि पूर्णाधिकारसहित शक्तिमा जान लागेका स्टालिन आफ्नो धारणामा अडिग थिए।

उनले श्रमिकहरूका पत्रका आधारमा त्यो निर्णय गरिएको बताए। यद्यपि ती पत्रहरू साँच्चै भुइँमान्छेको स्तरबाट आएका थिए वा स्टालिनकै घेराभित्रका मानिसको थियो भन्ने पत्ता लगाउन चाहिँ अब सम्भव छैन।

यी पत्रहरूमा व्यक्त भएका मुख्य कुरा भनेको लेनिन सधैँ उनीहरूसँगै हुनुपर्छ भन्ने थियो।

२ यो कसले बनाएको हो ?

लेनिनको मृत्युपछि जम्मा तीन मिटर लामो समाधिस्थलको पहिलो संस्करण तीन दिनभन्दा कम समयका लागि राखिएको थियो।

त्यो भवनका परिकल्पनाकार अलेक्सी स्चुसेफ थिए र उनले नै पछिका समाधिस्थलका संस्करणहरूको पनि नमुना बनाएका थिए।

सन् १९२४ को ज्यानुअरी २१ मा लेनिनको मृत्यु भएपछि ुबिदाइु कार्यक्रम मार्चको अन्त्यसम्म भएका थिए। पहिलो समाधिस्थलमा लाखौँ मानिसहरूले भ्रमण गरेको विश्वास गरिन्छ।

सन् १९२४ को ग्रीष्मयामसम्म लेनिनको शव जोगाएर राख्ने र सर्वसाधारणका लागि प्रदर्शन गर्ने भन्ने धारणा जोडतोडका साथ आएका थिए।

स्चुसेफले नयाँ भवनको नमुना कोर्न थाले र वैज्ञानिक अलेक्सी भोरोब्योभ तथा बोरिस बार्कस्कीले शव जोगाउने रसायन बनाउन लागे।

सन् १९२४ को अगस्ट १ मा समाधिस्थल सर्वसाधारणका लागि खुला गरियो। त्यो समाधिस्थलको संरचना काठको बनाइए पनि आकार र आकृति भने अहिलेकै संस्करणको झल्को दिने खालको थियो।

ग्रेनाइटको समाधिस्थल भने सन् १९३० को शरद् ऋतुमा मात्रै बनाइसकियो।

देवालयजस्तो देखिने यसको आकार स्टालिनको दृष्टिकोणसँग निकट थियो। त्यसमा सोभियत सङ्घको महान्‌ता र फरकपनलाई जोड दिइएको थियो।

विश्वका सर्वहारा नेताको शव हेर्नकै लागि मानिसहरू लामो लाइनमा उभिने गर्छन्।

३ स्टालिन पनि लेनिनको समाधिस्थलमै

सन् १९५३ मा स्टालिनको मृत्युपछि उनको शवलाई पनि लेनिनकै समाथिस्थलमा राख्ने निर्णय गरियो।

तर त्यसमा सुरुदेखि नै समस्या थियो। स्टालिनको विशेषतः अनुहारको छाला निकै खराब अवस्थामा भएका कारण शवमा रसायनको लेप लगाउने प्रक्रिया जटिल बनेको थियो।

ूलेनिनू लेखिएको पुरानो अभिलेखमाथि लेनिन स्टालिनू लेखिएको नयाँ अभिलेख त्यति बेला राखियो।

सोभियत नेतृत्वमाथिको नियन्त्रण र स्टालिनको व्यक्तित्व अनि उनको कालमा भएका दमनका कारण सन् १९६१ मा उक्त समाधिस्थलबाट स्टालिनको शव हटाइयो र क्रेम्लिन वालुनजिकै समाधिस्थ गरियो।

४ वैचारिक आस्था र हमलाको केन्द्र

युद्धपछि र यूएसएसआर ढल्दासम्म समाधिस्थल तीर्थस्थल बनिसकेको थियो। त्यहाँ विदेशी प्रतिनिधि र सोभियत स्कुले विद्यार्थीहरू भ्रमणका लागि जाने गर्थे।

सन् १९४५ को मे महिनामा भिक्ट्री परेडुका बेला जर्मन सेनाका नाजी झण्डाहरू समाधिस्थलको अगाडि चौरमा फालिएका थिए।

दोस्रो विश्वयुद्धमा यूएसएसआरको जितको सङ्केतस्वरूप त्यसो गरिएको थियो।

विश्वकै पहिलो अन्तरिक्षयात्री युरी गागारिनलाई त्यति बेलाकी सोभियत नेत्री निकिता क्रुस्चोफले समाधिस्थलको मञ्चमै अभिनन्दन गरेकी थिइन्।

तर सन् १९५० को दशकदेखि सन् १९७० को दशकको अन्त्यसम्म लेनिनको शवमाथि दर्जनौँ पटक हमला भएका थिए।

कहिले ढुङ्गाले त कहिले हथौडाले अनि कहिले मोलोटोभ ककटेल भनिने बोतलमा हुने ज्वलनशील पदार्थले लेनिनको शवमा हमला गरिएको थियो।

प्रायस् त्यस्तो कार्य गर्ने दोषीहरूलाई पक्राउ गरेर अनिवार्य रूपमा मनोरोग उपचारका लागि पठाउने गरिन्थ्यो।

सन् १९७३ मा एउटा विस्फोटक हतियारले कैयौँ आगन्तुकको ज्यान गयो। त्यसपछि मात्र लेनिनको ढुङ्गाको कवचमाथि राखिएको सिसा हटाएर त्यसपछि गोली नछिर्ने सिसा राखिएको हो।

लेनिनको अवशेष

सोभियत सङ्घ ढलेपछि कम्युनिस्ट विचारलाई मन नपराउने राष्ट्रपति बोरिस एल्टसिनले आफ्नो भाषण दिन रेड स्क्वेअरस्थित लेनिनको समाधिस्थल नभई नजिकै अर्को ठाउँको व्यवस्था गरेका थिए।

सन् १९९० को दशकको सुरुमा लेनिनको शव व्यवस्थापन गर्ने जिम्मा पाएको प्रयोगशालाले आफूले पाउँदै आएको विशेष सहयोग रकम गुमायो।

त्यसयता समाधिस्थल र लेनिनको शव जोगाएर राखिएको विषयमा कैयौँ वृत्तचित्र बने र त्यसलाई रुसी टेलिभिजन च्यानलहरूमा प्रसारण गरियो। केही वृत्तचित्रहरूमा लेनिनको शवको वास्तविक हिस्साको २३ प्रतिशत मात्रै बाँकी रहेको र बाँकी भने कृत्रिम कुरा थपिएको दाबी गरिएको छ।

यद्यपि लेनिनको समाधिस्थल रुसको चर्चित पर्यटकीय आकर्षण स्थल रहँदै आएको छ।

गूगलम्याप र पर्यटनसम्बन्धी वेबसाइट ट्रिपएड्भाइजरुमा यसको पाँचमध्ये औसतमा चार स्टारको रेटिङ पाइन्छ। त्यहाँ राखिएका टिप्पणीहरूमा उनको पहेँलो अनुहार देखेर मेरो बच्चा डरायोू देखि सोभियत कालबारे आफू स्वयंले वा हजुरआमा-हजुरबुवाबाट सुनेका जोकोहीले एक पटक हेर्नै पर्ने ठाउूँ लगायतका छन्।

नेताहरूको शव जोगाएर त्यसरी समाधिस्थलमा राख्ने चलन एशियाका पूर्वी र दक्षिणपूर्वी कम्युनिस्ट देशमा मात्रै छ। त्यस्ता नेतामा चीनका कम्युनिस्ट नेता माओत्सेतुङ र भियतनामका हो ची मिन पर्छन्।

उत्तर कोरियामा पनि दिवङ्गत नेताहरू किम इल सङ्ग र उनका उत्तराधिकारी किम जङ्ग इल को शव त्यसै गरी जोगाएर समाधिस्थलमा राखिएको छ।

बिबिसीनेपालीबाट

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung