३ श्रावण २०८३, आईतवार

 

बागलुङमा सञ्चालनमा आयो होटल इला कम्फर्ट, पर्यटनमन्त्री पाण्डेद्वारा उद्घाटन

बागलुङ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बागलुङ नगरपालिका-२ अस्पताल रोडमा निर्माण गरिएको होटल इला कम्फर्टको उद्घाटन गर्नु भएको छ।

३० करोड लगानीमा दुई वर्षमा निर्माण गरिएको होटल पर्यटन मन्त्री पाण्डेले उद्घाटन गर्नु भएको हो ।कार्यक्रममा पर्यटन मन्त्री पाण्डेले धौलागिरि क्षेत्रको समृद्धि, पर्यटक क्षेत्र चलायमान बनाउन र रोजगारी सृजनामा होटल क्षेत्रको योगदान रहेको बताउनुभयो।

पर्यटकलाई आकर्षित गर्न बागलुङमा विभिन्न पर्यटकीय सुन्दर स्थलहरु र वातावरण रहेको तथा सरकारले पूर्वाधार विकासलाई प्राथमिकता दिएको उहाँको भनाइ छ।

आज बागलुङमा होटलको उद्घाटन गर्दै मन्त्री पाण्डेले निजी उद्योगी व्यवसायीलाई उत्साहित बनाएर आर्थिक समृद्धि हासिल गर्न सकिने बताउदै अध्यादेश मार्फत निजी क्षेत्रको मनोबल उच्च हुने र लगानी मैत्री वातावरण बनाउन सरकार लागेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले राज्यले नीजि क्षेत्रलाई प्रोत्साहित गर्ने नीति ल्याउन र दिगो आर्थिक विकासमा साझा यात्रा तय गर्न सबैले इमान्दार, मेहनत र जोखिम मोलेर लगानी गर्न र सकरात्मक ढंगले अगाडि बढ्नु पर्ने बताउनुभयो ।

आमाको प्रेरणा र पर्यटनको संभावना देखेर बागलुङमा होटल खोलेको ढकालले बताउनुभयो । इला कम्फोर्टको शाखाको रुपमा देशभर होटल विस्तार गर्ने योजना रहेको ढकालले जानकारी दिनुभयो ।

कार्यक्रममा सांसदहरु दिपक गिरी, जिवन परियार, प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठक, बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ र बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम होटल इला कम्फर्टका अध्यक्ष सचिन ढकालको स्वागत र पत्रकार सञ्जय सिलवाल गुप्ताको सञ्चालनमा सम्पन्न भएको थियो । गत पुषमा होटल इला कम्फर्टको सफ्ट लन्च गरिएको थियो।

साढे ३ रोपनी क्षेत्रफलमा निर्माण भएको होटलमा ३० कोठा छन् तीमध्ये एक वटा सुइट रुम र एउटा किसन, बैठक र लभिङसहितको रुम छ।

होटलमा ५ देखि २४ हजारसम्मका रुम उपलब्ध छन्। बाग्लुङमा पर्यटकका लागि सुविधासम्पन्न स्तरीय होटल अभाव हटाउन ढकालले गृहजिल्लामा होटल सञ्चालनमा ल्याएका हुन्।

होटलमा अल डे डाइनिङ रेस्टुराँ, एउटा सभा हल , रेस्टुरेन्ट एन्ड बार र प्रयाप्त पार्कीङको सुविधा छ ।शान्त वातावरणमा बस्न र समय बिताउन लेमन इला कम्फर्ट उत्कृष्ठ गन्तव्य बनेको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung