बागलुङ । सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले निजी क्षेत्रलाई सरकारले लगानीका लागि प्रोतसाहन गर्ने बताउनभुएको छ ।
आज बागलुङमा होटल इला कम्फोर्टको उद्घाटन गर्दै मन्त्री पाण्डे निजी व्यवसायलाई निराश नबाएर आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताउदै अध्यादेश मार्फत लगानीको वातावरण बनाएको बताउनुभयो ।
उहाँले निजी क्षेत्रले पर्यटकीय पुर्वाधार बनाउन लाग्दा सरकारले प्रोत्साहन गरिरहेको बताउदै जिडिपिमा योगदान र रोजगारी सृर्जना गर्न पर्यटन व्यवसायी अग्रसर देखिएको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले गृह जिल्लामा रू ३० करोड लगानीमा होटल इला कम्फोर्ट सञ्चालनमा ल्याइएको हो ।
राज्यले नीजि क्षेत्रलाईसँगै लिएर हिड्ने र सर्वसुलव सेवामा निगरानी गर्ने उहाँले बताउनुभयो । २०८४ साल सम्म कांग्रेस र एमालेको गठबन्धन कायम रहने बताउदै देशमा निराशा चिर्दे अहिलेको सरकारले आशाको प्रसार गरेको मन्त्री पाण्डेले बताउनुभयो ।
लगानीका लागि निजी व्यवसाय तयार नभएसम्म पर्यटकीय गतिविधि नबढ्ने भन्दै मन्दी पाण्डेले निजी व्यवसायलाई सरकारले संगै हिडाउने बताउनुभयो ।
पर्यटनको संभावना देखेर बागलुङमा होटल खोलेको ढकालले बताउनुभयो । होटल इला कम्फोर्टमा ३० वटा सविधा सम्पन्न कोठा, प्रयाप्त पार्कीङ लगाएको सुविधा छ ।
इला कम्फोर्टको शाखाको रुपमा देशभर होटल विस्तार गर्ने ढकालले जानकारी दिनुभयो ।
कार्यक्रममा सांसदहरु दिपक गिरी, जिवन परियार, प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठक, बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ र बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम होटल इला कम्फर्टका अध्यक्ष सचिन ढकालको स्वागत र पत्रकार सञ्जय सिलवाल गुप्ताको सञ्चालनमा सम्पन्न भएको थियो । गत पुषमा होटल इला कम्फर्टको सफ्ट लन्च गरिएको थियो।
साढे ३ रोपनी क्षेत्रफलमा निर्माण भएको होटलमा ३० कोठा छन् तीमध्ये एक वटा सुइट रुम र एउटा किसन, बैठक र लभिङसहितको रुम छ।
होटलमा ५ देखि २४ हजारसम्मका रुम उपलब्ध छन्। बाग्लुङमा पर्यटकका लागि सुविधासम्पन्न स्तरीय होटल अभाव हटाउन ढकालले गृहजिल्लामा होटल सञ्चालनमा ल्याएका हुन्।
होटलमा अल डे डाइनिङ रेस्टुराँ, एउटा सभा हल , रेस्टुरेन्ट एन्ड बार र प्रयाप्त पार्कीङको सुविधा छ ।शान्त वातावरणमा बस्न र समय बिताउन लेमन इला कम्फर्ट उत्कृष्ठ गन्तव्य बनेको छ।













































































































































































































