३ श्रावण २०८३, आईतवार

 

सितल होटलकाे शुभारम्भ

बागलुङ । बागलुङका व्यवसायी तालबहादुर कुँवरले नयाँ व्यवस्थापनका साथ संचालनमा ल्याएको ‘सितल होटल तथा पार्टी प्यालेस’को औपचारिक उद्घाटन भएको छ ।

लायन्स क्लब अफ अन्तराष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकोटीले बिहिवार होटलको उद्घाटन गर्नु भयो ।

उक्त अबसरमा उनले स्वदेशमा पनि केही गर्न सकिन्छ भन्ने उद्यमीहरु बढाउनु पर्ने बताउनुभयो । साथै उनले उद्यमशिल नागरिकबाट मात्रै देशको पर्यटन प्रवद्र्दन सहित उत्पादनशिल काम गर्न सकिने  बताउनुभयो।

कार्यक्रममा लायनकी डिष्ट्रिक गर्भनर मिरा बज्राचार्य, मल्टिपल चियर पर्सन राजेन्द्र बाटाजु, इन्टरनेसनल रिलेसन चिफ काजिमान गुरुङ, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष राम थापा अविरल, होटल व्यवसायी महासंघ गण्डकीका अध्यक्ष अर्जुन चोखाल लगायतले शुभकामना मन्तव्य दिनुभयो ।

शिक्षक पेशा छाडेर २० बर्ष अघि होटल व्यवसायमा होमिएका कुँवर दम्पत्तिले पछिल्लो समय बानपा ४ को उपल्लाचौरमा उक्त होटल संचालनमा ल्याउनुभयो ।

२५ वटा डिलक्स कोठा भएको होटलमा ५० जना पाहुनालाई आरमदायी सेवा दिन सक्ने बताउनुभयो।

पार्कीङ, पार्टी प्यालेस र बैठक तथा कार्यक्रम गर्ने हल समेतको व्यवस्थापन गरेकोले घुम्न आउने पर्यटक देखि कार्यक्रम गर्न चाहने संघसंस्थाकालागि पनि यो नमूना बन्ने सरोकारवालाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung