बागलुङ । बागलुङ नगरपालिका–२ वडाको समन्वय र बागलुृङ नगरपालिका २ शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको आयोजना सुत्केरी महिला र नवजात शिशुलाई झुल र पोसिलो खानेकुरा प्रदान गरिएको छ।
गर्मीको बेला लामखुट्टेबाट बचाउन र नवजात शिशु र सुत्केरी महिलाको मानसिक र शारीरिक स्वास्थ्य राम्रो बनाउन झुल, अण्डा र सरसराईको सामग्री प्रदान गरिएको बागलुङ नगरपालिका–२ का वडा अध्यक्ष सुरज बोसेलले नयाँ विश्वलाई बताउनुभयो ।
नवजात शिशु र सुत्केरीलाई कुपोषणबाट जोगाउन बागलुङ नगरपालिका–२ ले झुल, पोसिलो खानेकुरा र स्वास्थ्यको लागि चाहिने साबुन, ब्रस र पेस्ट वितरण गरेको वडा अध्यक्ष बोसेलले जानकारी दिनुभयो ।
कुपोषणको जोखिममा परेर धेरै सुत्केरी महिला र नवजात शिशुलाई धेरै प्रकारको रोग लाग्ने र अन्त्यमा मृत्यु पनि हुने भएकोले बागलुङ नगरपालिका–२ ले नवजात शिशु र सुत्केरीलाई बचाउन सरसफाईका सामनहरु, झुल र पोसिलो खानेकुरा प्रदान गर्ने कार्यक्रम ल्याएको र भविष्यमा यस्ता कार्यक्रम गर्भवती महिला, सुत्केरी महिला र नवजात शिशुको हितमा ल्याउने बागलुङ नगरपालिका–२ का वडा सदस्य विदेश कुमार श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा छ जना सुत्केरी महिलालाई झुल, अण्डा र सरसराईको सामग्री उपलब्ध गराइएको थियो ।
सुत्केरी महिलालाई स्वास्थ्य सरसफाई र बालबालिकाहरुलाई नियमित खोप लगाउने र तौल लिने बारेमा, स्त्री रोग सम्बन्धी सेवा, प्रजनन् स्वास्थ्य , यौनजन्य सङ्क्रमणको उपचार, परिवार नियोजनका साधनहरुको बारेमा जानकारी दिनुका साथै पोसिलो खानेकुरा र त्यसबाट हुने फाइदाहरुको बारेमा जानकारी दिइएको बागलुृङ नगरपालिका-२ शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रकी अहेव शकुन्तला थापा बोसेलले जानकारी दिइन् ।यो कार्यक्रम आगामी असार मसान्तसम्म जारी रहने शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रले जनाएको छ ।
कार्यक्रमको सञ्चालन बागलुङ नगरपालिका-२ का वडा सचिव हिमाल प्रसाद पौडेलले गर्नु भएको थियो ।










































































































































































































