४ श्रावण २०८३, सोमबार

 

बागलुङ उद्योग वाणिज्य सङ्घको निर्वाचन सम्पन्न, ११ सय ८७ मत खस्यो

बागलुङ । बागलुङ उद्योग वाणिज्य सङ्घको निर्वाचन सकिएको छ । अध्यक्षसहित नयाँ कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनमा ११ सय ८७ मत मत खसेको छ ।

बागलुङ नगरपालिका-२ स्थित बालमन्दिर आधारभूत विद्यालयको प्राङ्गणमा भएको मतदान केन्द्रमा दिउँसो पाँच बजेसम्म ११ सय ८७ जनाले मतदान गरेको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता भुमिश्वर गौतमले नयाँविश्वलाई जानकारी दिनुभयो ।

१९ सदस्यीय कार्यसमितिमा अध्यक्ष, दुई उद्योग, तीन महिला सदस्य र १३ खुल्ला सदस्य चयन गर्न मतदान भएको थियो । मतगणना केही समयपछि सुरु गर्ने तयारी निर्वाचन समितिले गरेको छ ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गौतमका अनुसार उम्मेदवार र सङ्घका प्रतिनिधिसँग बसेर छलफल गरी मतगणना सुरु गरिनेछ ।

तस्बिर : खेमराज गौतम सुवाश

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung