१७ बैशाख २०८२, बुधबार

 

राष्ट्रिय दोहोरी गीत प्रतियोगिताको उपाधि म्याग्दी प्रतिष्ठानलाई

बागलुङ । ऐतिहासिक चैत्राष्टमी मेलामा आयोजना गरिएको राष्ट्रिय दोहोरी गीत प्रतियोगिताको उपाधि म्याग्दी प्रतिष्ठानले हात पारेको छ ।

मेलाको मुख्य आकर्षण पहिचानको रुपमा रहेको दोहोरी गीत प्रतियोगिताको सोमबार अन्तिम प्रतिस्पर्धामा म्याग्दी प्रतिष्ठानका निशान्त विक र सपना रोकाले जितेका हुन् । फाइनल प्रतिस्पर्धामा बागलुङ प्रतिष्ठानलाई पराजित गर्दै म्याग्दी प्रतिष्ठानले उपाधि हात पारेको हो ।

प्रतियोगितामा बागलुङ प्रतिष्ठानका सुमन खड्का र निशा गुरुङ द्धितिय भए । तृतीय स्थान नगरकोट दोहोरी साँझका सविन आचार्य र जमुना सुनार तथा कास्की प्रतिष्ठानका अनिल चापागाईं र आर्चना चापागाईले प्राप्त गरे । दुवै टिमले बराबर अङ्क प्राप्त गरेका थिए ।

प्रतियोगितामा १६ टिमले नाम दर्ता गराएका मध्ये १४ टिमले सहभागिता जनाएको आयोजक कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

प्रतियोगिताको विजेता म्याग्दी प्रतिष्ठानले २ लाख रुपियाँ नगद पुरस्कार प्राप्त गरेको छ । यसैगरी द्धितिय भएको बागलुङ प्रतिष्ठानले एक लाख रुपियाँ र तृतीय हुन सफल नगरकोट दोहारी साँझ र कास्की प्रतिष्ठानले ५० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा नायक दोहोरी साँझका सरोज सिम्खडा सर्वोकृष्ट दोहोरी गायक र नगरकोट दोहोरी साँझकी जमुना सुनार सर्वोत्कृष्ट दोहारी गायिका बन्नुभयो । उहाँहरुले समान नगद ५–५ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभयो । सुरेन्द्र र संगिनाको समूह अनुशासित समूह घोषित भए ।

दोहोरी गीत प्रतियोगिता चैत्राष्टमी मेलाको ऐतिहासिक प्रतियोगिता हो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung