
बागलुङ । राष्ट्रिय विद्युत सुरक्षा दिवसको अवसरमा सोमबार बागलुङ बजारमा विद्युत प्रयोगबारे सचेतना र्याली आयोजना गरिएको छ ।
विद्युतीय दुर्घटनाबाट बचौं, सचेत रहौं, सुरक्षित विद्युतको उपभोग गरौं भन्ने मूल नाराका साथ नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका कर्मचारीहरुले बागलुङ बजारको मुख्य मुख्य चोकहरुपरिक्रमा गरेका थिए ।
दिवसका अवसरमा र्याली बजार परिक्रमापछि बागलुङस्थित नेपाल विद्युत प्राधिकरणको शाखामा पुगेर समापन भएको थियो।विद्युत चोरी गर्नु अपराध हो, विद्युत बचतमा सजगता अपनाऊ, विद्युतीय चुल्होको प्रयोग गरौं, विद्युत चोरी गर्नेलाई समाजिक बहिस्कार गरौं, विद्युत सम्बन्धी सुरक्षामा ध्यान दिऊ, रुखको हाँगोले विद्यतु संरचना छुन नदिऊ, भिजेको हातले विद्युतीय उपकरण नचलाऔंं, खतरालाई ख्याल गरौं हर हमेशा याद राखौं, कुनै प्रलोभनमा नपरौं विद्युतको सुरक्षित उपयोग गरौं, सुरक्षा प्रतिको चासो, दुघर्टनाबाट बच्ने साँचो, नगरौ है चोरीको धन्दा, परियला कानुनको फन्दाके तपाईं घरबाट निस्कने बेला बत्ती निभाउनु भयो ? जस्ता प्लेकार्ड बोकेका थिए ।
आज विद्युत कार्यालयमा सेवा लिन आउनु भएका सेवाग्राहीसँग दिवसको अवसरमा विद्युत सुरक्षा संम्बन्धी सचेतना तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका इन्जिनियर दिनेश शर्माले विद्युतको सुरक्षित उपयोगको बारेमा र करेन्ट लागेका मानिसहरुलाई कसरी बचाउनेलगाएतको विषयमा जानकारी दिनुभएको थियो । उक्त कार्यक्रममा सेवाग्राहीले विद्युत संम्बन्धी विभिन्न जिज्ञास राखेको थिए ।
राष्ट्रिय विद्युत सुरक्षा दिवसको महत्व, विद्युतको इतिहास, विद्युत खपतले नेपाली अर्थतन्त्रलाई पार्ने सकरात्मक प्रभाव, ग्रामीण विद्युतीकरणको महत्व, विद्युतको उपयोगका फाइदाहरु र विद्युत चोरीले पार्ने प्रभावको बारेमा नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका केन्द्र प्रमुख पवन पौडेलले जानकारी दिनु भएको थियो ।
कार्यक्रमको सञ्चालन प्रशासन प्रमुख तारानाथ सुवेदीले गर्नु भएको थियो ।