३ श्रावण २०८३, आईतवार

 

फेरि बढ्यो सुनको मूल्य, तोलाको १ लाख ८६ हजार

बागलुङ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्चबिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ ।

शुक्रबार सुनको मूल्य तोलामा १ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

अमेरिका चीनबिचको व्यापार संघर्षका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको हो ।

अमेरिकाले लगाएका कर र व्यापार युद्धका कारण धेरै पटक सुनको मूल्यमा नयाँ रेकर्डहरू कायम भएको छ । अन्तराष्ट्रिय बजार अनिश्चित हुँदा ठूलो सङ्ख्यामा खरिदकर्ताहरू सुन किन्न आकर्षित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung