
पोखरा । प्रभु बैंक र गोरखा नगरपालिका वडा नं.६, अर्घले स्थित गोरखा गार्डन होटल प्रा.लि.बीच व्यवसायिक साझेदारीको लागि मिति २०८२/०१/०२ मा एक कार्यक्रमकाबीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
एक समारोहकाबीच गोरखा गार्डन होटल प्रा.लि.का तर्फबाट अध्यक्ष सुरेन्द्र कुँवर र प्रभु बैंक लिमिटेड तर्फबाट बैंकका प्रमुख प्रदेश अधिकृत गण्डकी प्रदेश राजु रानाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडिट कार्ड तथा बैंकको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा गोरखा गार्डन होटल प्रा.लि.मा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
गोरखाको मुटुमा अवस्थित, गोरखा गार्डेन होटल आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ ।
प्रभु बैंक लिमिटेड तथा गोरखा गार्डन होटल प्रा.लि.बिच भएको योे साझेदारीले गोरखाको पर्यटनको प्रवद्र्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका ग्राहकहरु पनि लाभान्वित हुनेछन् ।