४ श्रावण २०८३, सोमबार

 

कौडा सालीनानी गीत फ्रान्सको पेरिसमा सार्वजनिक

बागलुङ । फ्रान्सको पेरिसमा पहिलो पटक मौलिक कौडा सालीनानी बोलको गीत सार्वजनिक गरिएको छ ।

नयाँ वर्ष २०८२ को अवसर पारेर फ्रान्सको पेरिसमा पहिलो पटक छायाङ्कन गरिएको मौलिक कौडा सालीनानी गीतको विमोचनको अवसरमा सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भएको छ ।

सालीनानी गीतको शब्द संजय थापा मगरको रहेको छ भने स्वर पनि संजय थापा मगर र नविन परियारको रहेको छ ।

गीतको एरेन्ज डोलराज बर्हाघर्र खैजडी र दुर्गा गुरुङको, निर्देशन आभाष आचार्य ,क्यामरामेन सुमन हाङ राई, विक्की गुरुङको, कोरियोग्राफर र मोडेल जेनी गुरुङ, केन्जल अधिकारी, सुजता मगर, सगुन गुरुङ, सविना कौशल, दिपा पुन साथै बाल कलाकार रेजल मगर, फेरडिक गुरुङ हास्य कलाकार महेन्द्र बोहोरा, कलाकारहरु साजन मगर, डम्बरबहादुर गुरुङ , कृपा गुरुङ, घनश्याम पौडेल, टेक्निसियनमा महेन्द्र अधिकारी, मेकप सिर्जना विश्वकर्मा र व्यवस्थापनमा दिपक खड्का, राम थापा मगर, यमकला पौड्ल, गंगा आचार्य ,एलिस राना,तारा दर्लामी किशोर ,नारायण न्योपाने, ढोन्डुब लामा हेन्सी कान्छा रहका छन् ।

यो गीत मारुनी स्टुडियोसँगै संजय थापा मगरको युटुब च्यानलबाट पनि सार्वजनिक भएको छ । यो गीत युटुबमा नौ हजारभन्दा बढि दर्शकले हेरि सकेका छन् ।

आफू प्रदेशमा भएर पनि नेपालको कला संस्कृतिको संरक्षण र विकासको लागि यो नयाँ कौडा गीत बजारमा ल्याएको गायक गायक संजय थापा मगर र नविन परियारले बताउनुभयो । तनहुँ जन्म घर भएका संजय थापा मगर र बागलुङ जन्म घर भएका नविन अहिले फ्रान्समा बसेर कला संगीतमा क्रियाशिल छन् ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung