३१ बैशाख २०८२, बुधबार

 

सुन : तोलाको १ लाख ९० हजार, अहिलेसम्मकै महँगो

बागलुङ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्चबिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार सुनको मूल्य तोलामा १ लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । बुधबार सुनको मूल्य तोलाको एक लाख ८७ हजार रुपैयाँ थियो।

अमेरिका चीनबिचको व्यापार संघर्षका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको हो ।

अमेरिकाले लगाएका कर र व्यापार युद्धका कारण धेरै पटक सुनको मूल्यमा नयाँ रेकर्डहरू कायम भएको छ । अन्तराष्ट्रिय बजार अनिश्चित हुँदा ठूलो सङ्ख्यामा खरिदकर्ताहरू सुन किन्न आकर्षित भएका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung