५ कार्तिक २०८३, बुधबार

 

भरतपुर महानगर र ताराखोला गाउँपालिकाबिच भगिनी सम्बन्ध कायम

बागलुङ । भरतपुर महानगरपालिका र ताराखोला गाउँपालिका बिचमा भगिनी सम्बन्ध कायम गरिएको छ। आज भरतपुर महानगरपालिकामा भएको एक कार्यक्रमका बिच भरतपुर महानगरपालिका र ताराखोला गाउँपालिकाका बिच भगिनी सम्बन्ध कायम गरिएको हो।

भरतपुर महानगर प्रमुख रेनु दाहाल र ताराखोला गाउँपालिका धनबहादुर विक हिमालले आठ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध अगाडी बढेको जनाएका छन्।दुई स्थानीय तहको विकास र समन्वयका लागि दुई स्थानीय तह बिच औपचारिक कार्यक्रम गरेर भगिनी सम्बन्ध कायम गरिएको ताराखोला गाउँपालिका धनबहादुर विक हिमालले नयाँ विश्वलाई बताउनुभयो ।

दुवै स्थानीय तहबिच मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने, स्थानीय रुपमा उत्पादित मौलिक कृषि उपजहरुलाई एक आपसमा बजारीकरण गर्ने, कृषि र पशुपालनका क्षेत्रमा अपनाएका नयाँ प्रविधि, ज्ञान र सीपको आदान प्रदान र कृषकलाई तालिम र भ्रमणको कार्यक्रम, उद्यमशीलताको वृद्धि गरी आय आर्जनलाई प्रभावकारी बनाउने, दुवै स्थानीय तहका सफल अभ्यास र सिकाईलाई आदान प्रदान गर्ने, विशिष्ठ विकास आयोजनाको सञ्चालन र कार्यान्वयनको लागि समन्वय गर्ने, दिगो स्वास्थ्य सेवा र शिक्षाको क्षेत्रमा भएका सफल प्रयास र अभ्यासलाई एक अर्काले अपनाउनको लागि पहल गर्ने, दुवै पालिकाको संयुक्त लागत साझेदारीमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने खालको परियोजना सञ्चालन गर्ने भएको छ ।

यी स्थानीय तहको समस्या र सम्भावना समान प्रकृतिका रहेका छन्। त्यसैलाई मध्यनजर गदै यहाँका विकास निर्माण तथा सेवा मूलक कार्यमा संयुक्त योजना बनाउने लक्ष्य लिने सहमति भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung