३ श्रावण २०८३, आईतवार

 

लक्ष्मी सनराइज बैंकको कार्बन उत्सर्जन रिपोर्ट सार्वजनिक, १० हजार विरुवा वृक्षारोपण गरिँदै

बागलुङ। लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०/८१ को कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ। यसले वातावरण संरक्षण र जलवायु पारदर्शिताप्रति बैंकको प्रतिबद्धतालाई पुन: पुष्टि गरेको बैंकले जनाएको छ।

जिम्मेवार बैंकिङको विश्वव्यापी अभ्यासहरू अपनाउने पहलअन्तर्गत यो प्रतिवेदन बैंकको दिगोपन सम्बन्धि वृहत कार्यदिशाको एक पाटो भएको बै‍ंकले बताएको छ।

कार्बन अकाउन्टिङ फाइनान्सियल पद्धतिको अनुसार तयार पारिएको प्रतिवेदनले बैंकको ऋण पोर्टफोलियोका प्रमुख क्षेत्रहरूसँग सम्बन्धित कार्बन फुटप्रिन्टको परिमाण निर्धारण गर्ने बैंकको भनाइ छ।

मूल्याङ्कन गरिएका पोर्टफोलियोहरूबाट सो आर्थिक वर्षमा कुल उत्सर्जन २०२,०१३.४२ टन सीओ २ बराबर रहेको थियो। पोर्टफोलियो अनुसार व्यापार कर्जा १९०,२९३।४२ टीसीओ२इ , परियोजना वित्त (जलविद्युत बाहेक० ७०५.५६ टीसीओ२इ, गाडी कर्जा १,५२८.९८ टीसीओ२इ र घर कर्जा ९,४८५.४६ टीसीओ२इ रहेको छ।

यही योजनाअन्तर्गत बैंकले चालू आर्थिक वर्षमा १० हजार रूख रोप्ने साहसी पहल “मिसन १००००” पनि सञ्चालन गरेको बताएको छ। यस अन्तर्गत हालसम्म लगभग ७ हजार ५०० रूखहरू रोपिइ सकिएको छ।
क्यापिटल नेपालबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung