३१ जेष्ठ २०८२, शनिबार

 

विलासिता कर खारेजीको माग गर्दै बागलुङका सुनचाँदी व्यवसायी आन्दोलनमा (तस्वीरहरु)

बागलुङ । सरकारले सुनाचाँदी र हिरामा विलासिता कर लगाएपछि कर खारेजीको माग गर्दै बागलुङका सुनचाँदी व्यवसायी आन्दोलनमा उत्रेका छन् । नेपाल सुनचाँदी व्यवसायी संघ बागलुङको आयोजनामा सरकारले लगाएको २ प्रतिशत विलासिता करको विरुद्ध आफनो पसलमा विरोधका व्यानर राखेर विरोध गरेका हुन् ।

सरकारले आर्थिक वर्ष २०८२ र ८३ को बजेटमा सुनचाँदीमा २ प्रतिशत विलासिता कर लाग्ने घोषणा गरेको छ । साथै हिरा जुवाहरत र पत्थरमा १३ प्रतिशत कर लाग्ने भएको छ ।

साथै व्यवसायीले सुनको भन्सार ६ प्रतिशत कायम गर्न, भन्सार दर छेमिकी राष्ट्र सरह बनाउनु पर्ने र सुनचाँदीको कारोबारको लागि प्रष्ट नीति ल्याउन, उपभोक्ता, कर्मचारी, कालिगढमैत्री ऐन तुरुन्त जारी गर नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य मनकाजि विश्वकर्माले बताउनुभयो ।

सुनचाँदी व्यवसायीले गरेका आन्दोलनको विषयमा, जेठ २९ र ३० गते पसल बन्द गर्ने र जेठ ३० गते हुने आन्दोलनको रुपमा पसलको चाबि जिल्ला प्रशासन कार्यालय बागलुङ प्रमुख जिल्ला अधिकारीलाई बुझाउने बारेमा आज प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई नेपाल सुनचाँदी व्यवसायी संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारी र नेपाल सुनचाँदी व्यवसायी संघका केन्द्रीय सदस्य मनकाजि विश्वकर्माले जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung