३० जेष्ठ २०८२, शुक्रबार

 

न्यूनतम सेवा मापदण्डमा नारायणस्थान स्वास्थ्य चौकी उत्कृष्ट

बागलुङ । बाग्लुङ नगरपालिका–१४ स्थित नारायणस्थान स्वास्थ्य चौकीको न्यूनतम सेवा मापदण्ड (MSS) अन्तर्गत तेस्रो पटकको फलोअप मूल्याङ्कन कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१र८२ मा गरिएको मूल्याङ्कन कार्यक्रम बागलुङ नगरपालिकाको आयोजना गरिएको हो । प्रादेशिक जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य अधिकृत कुसुम सिला भट्ट र क्षय–कुष्ठ निरीक्षक देवप्रकाश घिमिरेको सहजिकरणमा सम्पन्न भएको हो।

नारायणस्थान स्वास्थ्य चौकीले मूल्याङ्कनमा ९२ प्रतिशत अंक प्राप्त गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ। सुशासन तथा व्यवस्थापन ९६५, क्लिनिकल सेवा व्यवस्थापनमा ९२५ र सहयोगी सेवा व्यवस्थापन ८८५ अङ्क ल्याएको छ। कार्यक्रम बागलुङ नगरपालिका–१४ न वडाका अध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य चौकीका प्रमुख ऋषिराम शर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

नारायणस्थान स्वास्थ्य चौकी जनस्वास्थ्य प्रर्वद्वनका धेरै कार्यक्रमहरुमा सक्रिय रहँदै आएको एउटा जिल्लाकै उत्कृष्ट संस्थाहरू मध्येको एक संस्था हो। मूल्याङ्कनमा देखिएका केही सुधार गर्नुपर्ने पक्षहरूलाई व्यवस्थित गर्दै सेवा स्तर अझ उकासिने वडा अध्यक्ष खत्रीले प्रतिबद्धता जनाउनु भयो । साथै निर्माणधिन भवन चाँडै सम्पन्न गरी सेवा सञ्चालनमा ल्याइने जानकारी पनि दिनुभयो।

कार्यक्रममा बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनाल, जनस्वास्थ्य अधिकृत विष्णुप्रसाद शर्मा, सि।अनमी निरीक्षक माधवी शर्माको उपस्थिति रहेको थियो।जनस्वास्थ्य अधिकृत विष्णुप्रसाद शर्माले नारायणस्थान स्वास्थ्य चौकीलाई जिल्लाकै नमुना स्वास्थ्य संस्था बनाउने लक्ष्यमा नगरपालिका सधैं साथमा रहने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung