बागलुङ । जलजला गाउँपालिकाले पडाडि क्षेत्र काष्ठफल तथा फलफूल विकास कार्यक्रम अन्तर्गत अगुवा किसानहरुलाई फलफूलका विरुवा वितरण गरिएको छ ।
पहिलो चरणमा जलजला गाउपालिका-४ स्थित सिरानचौरका ओम नमो कृषि तथा पशुपन्छि फर्मका सञ्चालक जनक अधिकारीलाई २० रोपनी क्षेत्रफलमा चार सय कागतीका विरुवा वितरण गरिएको जलजला गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले नयाँ विश्वलाई बताउनुभयो ।
अगुवा किसानलाई कृषि क्षेत्रमा व्यवसायीक रुपमा अगाडि बढाउन र फलफूल खेतीमा किसानहरुको आकर्षण बढाउन यो कार्यक्रम ल्याएको जलजला गाउँपालिका उपाध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
किसानको आर्थिक विकासमा टेवा पुर्याउन गाउँपालिकाले फलफूल खेतीलाई उच्च प्राथमिकता राखेको छ । गाउँपालिकाले क्रमश सबै वडाका किसानलाई विभिन्न जातका फलफूल विरुवा उपलब्ध गराउने कार्यक्रम रहेको जनाएको छ ।














































































































































































































