बागलुङ । नेपाली काँग्रेसका संस्थापक नेता, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा प्रजातान्त्रिक समाजवादका प्रणेता, महामानव विपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति बागलुङद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।
राष्ट्रिय मेलमिलापका सुत्रधार तथा नेपाली जनताका सर्वकालिक लोकप्रिय नेता विपी कोइरालाप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै आयोजना गरिएको उक्त कार्यक्रम बागलुङ नगरपालिका–९ तित्याङ शिवपुरी फड्केडाँडास्थित आशा पुर्णेश्वर महादेव मन्दिर परिसरमा सम्पन्न भएको हो।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला नेताहरू, स्थानीय कार्यकर्ताहरू, सर्वसाधारण नागरिक तथा सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममार्फत वातावरण संरक्षणको सन्देशसँगै विपी कोइरालाको योगदान स्मरण गरिएको नेपाली कांग्रसे बागलुङका सचिव हरिहर शर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागिता जनाउने तथा सफल बनाउन सहयोग पुर्याउने सबैप्रति आयोजकले आभार प्रकट गरेका छन्।


















































































































































































































