बागलुङ। बागलुङमा रहेको प्रबुद्ध युवा समुहले ग्रेस इन्टरनेशनल अन्तर विद्यालय मौलिक तीज नृत्य प्रतियोगिता गर्ने भएको छ ।
आइतबार समूहले पत्रकार सम्मेलन गरि आगामी भदौ ४ गते सामूहिक मौलिक नृत्य प्रतियोगिता गरिने बताएको छ ।
समुहका अध्यक्ष रोहित सुनारले प्रतियोगितामा सहभागि हुन हालसम्म १२ समुह सम्पर्कमा रहेको बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुनेले ४१ हजार १११ रुपैयाँ, द्धितीय हुनेले १७ हजार ७७७ रुपैयाँ र तृतीय हुनेले ११ हजार १११ रुपैयाँ पाउनेछन् ।
पछिल्लो समय युवा पुस्तामा निकै रुचाएको समुह अहिले विभिन्न चेतनामुलक कार्यक्रम गर्दै आएको छ ।
विभिन्न असहाय, रोगिहरुको साहरा बन्दै आएको र वातावरण संरक्षणको लागि समुहले वृक्षारोपण तथा जङ्गल संरक्षण अभियानपनि संचालन गर्दै आएको छ ।
कार्यक्रमकोलागि करिब ३ लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ । पत्रकार सम्मेलनको सञ्चालन सचिव सागर क्षेत्रीले गर्नुभएको थियो।













































































































































































































