३ श्रावण २०८३, आईतवार

 

प्रत्यक्ष दृष्टि सहकारी र प्रत्यक्ष दृष्टि नेपालद्वारा तीजको दर खाने कार्यक्रम सम्पन्न

बागलुङ । प्रत्यक्ष दृष्टि बचत तथा ऋण सहकारी र प्रत्यक्ष दृष्टि नेपालको संयुक्त आयोजनामा नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा दर खाने कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार ए वान क्याफे एंड पार्टी प्यालेस नयाँ बजारमा तीज विशेष कार्यक्रम आयोजना गरिएको प्रत्यक्ष दृष्टि बचत तथा ऋण सहकारीका सचिव किस्मत जंग राजभण्डारीले नयाँ विश्वलाई बताउनुभयो ।

कार्यक्रममा प्रत्यक्ष दृष्टि बचत तथा ऋण सहकारीकी सल्लाहकार एवंम प्रत्यक्ष दृष्टि नेपालकी सचिव विष्णु न्यौपानेले प्रत्यक्ष दृष्टि सहकारीका नारी हित बचत कार्यक्रमको आय व्यय विवरण प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रमको सञ्चालन नारी हित बचतका सदस्य मञ्जु श्रेष्ठ राजभण्डारीले गर्नु भएको थियो । कार्यक्रममा ६० जना महिलाहरुको उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung