२ श्रावण २०८३, शनिबार

 

म्याग्दीको राहुघाटको बाँधस्थलमा सुक्खा पहिरोमा पहिरो : दुईको मृत्यु, पाँच घाइते

बागलुङ । म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधस्थलमा सुक्खा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दगनाम र वडा नं ५ झिँको सिमानामा पर्ने नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण आयोजनाको बाँधस्थलमा एक्कासि खसेको पहिरोमा परेर दुई जनाको मृत्यु हुनुका साथै ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुर्य बहादुर थापाले जानकारी दिनुभयो ।

पहिरोमा परेर बागलुङको तमानखोला गाउँपालिका १ का सुजन बुढामगर र चितवनका लालबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी थापाले बताउनुभयो ।

घाइते हुनेहरुमा भारत गोपलगञ्जका ५३ वर्षिय धरम कुसवाह, ५५ वर्षिय भैयाराम चौधरी, रोल्पा सनछहारी गाउँपालिका ३ का ३३ वर्षिय सुमान पुन मगर, बाराको निजगढ नगरपालिका ७ का ४० वर्षिय कुमार थापा मगर, सर्लाहीको बागमती नगरपालिका ५ का ५५ वर्षिय गणेशबहादुर मगर रहेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung