३ श्रावण २०८३, आईतवार

 

सिगानामा पहिरो जादा परिवार विस्थापित, गोठमै म-यो भैँसी

बागलुङ नगरपालिका–८ सिगानामा पहिरो खस्दा भैँसी सहितको एउटा गोठ पुरेको हो ।सिगाना निवासी राम बहादुर खड्काको घरमाथीबाट आएको पहिरोले गोठ पुरेको छ भने घरमा आंशिक क्षति पु-याएको वडा अध्यक्ष छम बहादुर कार्कीले जानकारी दिनुभयो ।

पहिरोले गोठ पुर्दा एउटा भैँसीको मृत्यु भएको छ भने परिवारलाई सुरक्षित ठाउँमा सारिएको हो । पहिरोले विद्युत र सडकमा समेत ठूलो क्षति पु-याएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung