बागलुङ । जेन जी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट भएको ख्ुलासा भएको छ । संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट ५ करोड बराबरको नगद र १८ किलो सुन लुटिएको नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले एक पडकास्टमा बताउनु भयो ।
गभर्नर पौडेलले बैंकको सिसिटिभी हेरेर अनुसन्धान भइरहेको बताउनु भयो । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा.विश्वनाथ पौडेलले गत आइतबार राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाको अवलोकन गरेका थिए ।
आन्दोलनकाक्रममा ६८ वटा बैंकहरुको शाखा कार्यालयहरूमा आक्रमण भएका र ६९ वटा एटिएममा असर परेको छ ।
२३ र २४ गते भएको प्रदर्शनमा आन्दोनकारीले राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक, ग्लोबल आइएमई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंकलगायतका वित्तीय संस्थामाथि लुटपाट गरेका थिए । आन्दोलनकारीको आक्रमणमा वित्तीय क्षेत्रमाथि भौतिक क्षति, काउन्टर, भल्टबाट, एटिएमबाट करोडौँ रुपैयाँ र लकरमा राखिएको सुनसमेत लुटेका थिए ।













































































































































































































